
लण्डन । बेलायतका तत्कालिन प्रधानमन्त्री बोरिस जोन्सनले बेलायती संसदलाई बदनियतपूर्वक ढाँटेको संसदीय समितिले ठहर गरेको छ ।
संसदीय समितिले बुधबार सार्वजनिक गरेको ३० हजार शब्दको प्रतिवेदनमा जोन्सनले संसद र संसदीय समितिलाई जानाजान गलत जानकारी दिएको निस्कर्ष निकालेको हो ।
जोन्सनलाई ९० दिन संसदबाट निलम्बन गर्न पनि समितिले सिफारिस गरेको छ तर जोन्सनले समितिको सो प्रतिवेदन पाएलगत्तै सांसद पदबाट राजिनामा दिइसकेका छन् ।
समितिले जोन्सनलाई पूर्व सांसदका हैसियतले वेष्टमिन्सटरमा पाउने प्रवेश नदिन पनि सिफारिस गरेको छ । समितिले जोन्सनले समितिलाई तर्साउन खोजेको र अमर्यादित हर्कत गरेको पनि आरोप लगाएको छ ।
जोन्सनले भने प्रतिवेदन जारी भएलगत्तै करिब १७०० शब्द लामो प्रेस विज्ञप्ति निकालेर प्रतिवेदन बिना सबुतको भएको र आफूलाई राजनीतिबाट हटाउने उद्देश्यप्रेरित भएको आरोप लगाएका छन् ।
जोन्सनले कोरोना महामारीका बेला देशभर लकडाउन जारी गरेर आफू भने आफ्नो कार्यालयमा पार्टी गरेको आरोप लागेको थियो । सो बारेमा वरिष्ठ निजामति कर्मचारीको छानविन समितिले उनलाई दोषी देखाएको थियो भने प्रहरीले जरिवाना पनि गरेको थियो ।
सो बारेमा संसदमा कुरा उठेपछि संसदले विभिन्न पार्टीका सांसद रहेको छानबिन समिति गठन गरेको थियो । सो समितिमा सत्तारुढ कन्जरभेटिभका चार, प्रतिपक्षी लेबोरका दुई र स्कटिश न्याशनालिष्ट पार्टीका एक सांसद छन् ।
सो समितिको सिफारिसमाथि अब संसदले निर्णय लिने छ । तथापि जोन्सनले राजिनामा दिइसकेको हुनाले बाँकी सिफारिसमाथि संसदले के गर्ने हो हेर्न बाँकी छ ।
जोन्सन र संसदबीच पहिलेदेखि नै टसल चल्दै आएको छ । ब्रेक्जिटका बारेमा संसदमा बहस चल्दा प्रक्रिया लामो भएको भन्दै उनले संसदनै निलम्बन समेत गरेका थिए तर त्यसलाई अदालतले उल्टाएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा