
लण्डन । नेपालका लागि बेलायतका नयाँ राजदुत रोब फेनले अर्को महिनादेखि कार्यभार सम्हाल्ने भएका छन् ।
हाल नेपालकी राजदुत निकोला पोलिटले राष्ट्रपति लगायत नेपाली अधिकारीहरूसित विदाइ भेट गरिसकेकी छिन् ।
गत अप्रिलमा राजदुत नियुक्त भएका फेन सम्भवत अर्को महिना नेपाल जानेछन् ।
रोबर्ट डोमिनिक रसल फन पूरा नाम भएका रोब फेन लामो समयदेखि बेलायतको विदेश मन्त्रालयमा कार्यरत छन् । उनी सन् १९८३ मा सो सेवामा प्रवेश गरेका थिए । राजदुत हुनुअघि उनी डेपुटी हाइकमिश्नरका रूपमा बेलायतको विदेश मन्त्रालयमा कार्यरत छन् ।
उनी सन् २०१८ देखि २०२२ सम्म इण्डोनेसियामा उपनियोग प्रमुखका रूपमा कार्यरत थिए । त्यसअघि उनी विदेश मन्त्रालयको मानवअधिकार तथा प्रजातन्त्र महाशाखामा प्रमुखका रूपमा रहेका थिए । उनले ब्रुनाइमा बेलायतको हाइ कमिश्नरको कार्यभार पनि सम्हालिसकेका छन् ।
दुई सन्तानका पिता उनले सेवाका क्रममा इटली, अमेरिका, नेदरल्याण्डस, नाइजेरिया, टर्की, साइप्रस, ग्रीस लगायतका देशमा समय बिताएका छन ।
उनको भिडियोग्राफी, स्पोर्टीफाइ र ब्रम्हाण्डका बारेमा रूचि छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा