
लण्डन । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० पुगेको वर्षगाँठ नेपाली दुताबास लण्डनमा पनि मनाइएको छ ।
ड्यूक अफ ग्लोस्टरले आफू बालक हुँदा मानिसले पहिलोपटक सगरमाथा आरोहण गरेको समाचार सुन्दाको स्मरण गरे । संयोगले त्यो बेलायतकी पूर्व महारानी एलिजावेथ द्वितीयको राज्यभिषेकको बेला परेको थियो । उनले नेपाल र बेलायतको सम्बन्ध गोरखाले मात्र होइन बेलायती मानिसहरुको सगरमाथाको टाकुरामा पुग्ने चाहना र शेर्पाहरुसितको सम्बन्धमा समेत आधारित रहेको बताए ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले पहिलो सफल आरोहण, त्यसको पृष्ठभूमि, हिमालको महत्व, हिमालमा बसोबासरत मानिसहरुको जीवनशैली र जलवायू परिवर्तनले पारेको असरका बारेमा जोड दिए ।
बेलायतको विदेश मन्त्रालयकी उपनिर्देशक माया शिवागनानामले राज्यमन्त्री आन मारी ट्रेभलिनको सन्देश वाचन गरेकी थिइन् ।
कार्यक्रममा प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी, आरोहण टोलीका नेता लर्ड हन्टलाई सम्मान गरिएको थियो । तेन्जिङ नोर्गेका छोरा जाम्लिङ र एडमड हिलारीका छोरा पिटर हिलारी, लर्ड हन्ट पुत्री सु लेडनले पनि कार्यक्रममा बोलेका थिए ।
घुँडामाथिको कृतिम खुट्टाले सगरमाथा चढेर विश्व रेकर्ड राखेका हरि बुढामगर, १७ पटक सगरमाथा चढने केन्टन कुल, पहिलो ब्रिटिश महिला सगरमाथा आरोही रेवेका स्टेफेन्स, सगरमाथा आरोही तथा लेखक सर क्रिस बोनिङटनलाई पनि सम्मान गरिएको थियो ।
बुढामगर, कुल र स्टेफेसन्सले सगरमाथा आरोहणका रोचक कथा सुनाएका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा