
लन्डन । नेपालका चर्चित मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको उपस्थितिमा आउँदो जुलाई ८ तारिखका दिन अल्डरशटमा च्यारिटी डिनर आयोजना गर्न लागिएको छ।
शनिबार, जुलाई ८ तारिख अल्डरशटस्थित सुशीमोतो रेस्टुरेन्टमा अपरान्ह ५ बजेदेखि च्यारिटी डिनर आयोजना गर्न लागिएको आयोजक, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) युके, निर्देशक समितिले जनाएको छ।
जुलाई महिनाको पहिलो साता बेलायत आउन लागेका डा कोइराला च्यारिटी डिनरमा आफैँ उपस्थित हुने र उनले उक्त परियोजनाको हालसम्मको प्रगति र भावी योजनाबारे जानकारी गराउने कियोच युके निर्देशक समितिका संयोजक ओजेश सिंहले बताए। सो कार्यक्रममा बेलायतस्थित चर्चित नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति पनि दिनेछन्।
नेपालमा गत १५-२० वर्ष यता बाल स्वास्थ्य सेवा प्रवाहमा सुधार भएता पनि त्यस्तो सेवा राजधानीमा मात्रै सीमित रहेको र बालबालिकाको ज्यान जोगाउन देशभरि नै गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक भएकाले साथीहरुसंग मिलेर डा. कोइरालाले यो अभियान शुरु गरेका हुन् । उक्त अभियानअन्तर्गत अहिले दमकमा बाल अस्पताल निर्माण गरी सेवा पनि शुरु भै सकेको छ। त्यस्तै काठमाडौँको हेपाली हाइटमा पनि सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडी बढिरहेको छ।
कियोच युके निर्देशक समितिकी सह-संयोजक लक्ष्मी राई (लारा) ले पवित्र उद्देश्यले आयोजना गर्न लागिएको उक्त च्यारिटी डिनरमा सहभागी हुन बेलायतस्थित सबै संघसंस्थालाई आग्रह गरिन्।
थप जानकारीका लागि : https://www.kioch.org.np/introduction
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]