
लन्डन । नेपालका चर्चित मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको उपस्थितिमा आउँदो जुलाई ८ तारिखका दिन अल्डरशटमा च्यारिटी डिनर आयोजना गर्न लागिएको छ।
शनिबार, जुलाई ८ तारिख अल्डरशटस्थित सुशीमोतो रेस्टुरेन्टमा अपरान्ह ५ बजेदेखि च्यारिटी डिनर आयोजना गर्न लागिएको आयोजक, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) युके, निर्देशक समितिले जनाएको छ।
जुलाई महिनाको पहिलो साता बेलायत आउन लागेका डा कोइराला च्यारिटी डिनरमा आफैँ उपस्थित हुने र उनले उक्त परियोजनाको हालसम्मको प्रगति र भावी योजनाबारे जानकारी गराउने कियोच युके निर्देशक समितिका संयोजक ओजेश सिंहले बताए। सो कार्यक्रममा बेलायतस्थित चर्चित नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति पनि दिनेछन्।
नेपालमा गत १५-२० वर्ष यता बाल स्वास्थ्य सेवा प्रवाहमा सुधार भएता पनि त्यस्तो सेवा राजधानीमा मात्रै सीमित रहेको र बालबालिकाको ज्यान जोगाउन देशभरि नै गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक भएकाले साथीहरुसंग मिलेर डा. कोइरालाले यो अभियान शुरु गरेका हुन् । उक्त अभियानअन्तर्गत अहिले दमकमा बाल अस्पताल निर्माण गरी सेवा पनि शुरु भै सकेको छ। त्यस्तै काठमाडौँको हेपाली हाइटमा पनि सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडी बढिरहेको छ।
कियोच युके निर्देशक समितिकी सह-संयोजक लक्ष्मी राई (लारा) ले पवित्र उद्देश्यले आयोजना गर्न लागिएको उक्त च्यारिटी डिनरमा सहभागी हुन बेलायतस्थित सबै संघसंस्थालाई आग्रह गरिन्।
थप जानकारीका लागि : https://www.kioch.org.np/introduction
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई