
लण्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटीले यस वर्षको भिक्टोरिया दिवसमा ट्रेडिङ कप जित्न सफल भएको छ ।
शनिबार अल्डरसट टाउनमा आयोजना गरिएको सो भिक्टोरिया दिवसमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले सो कप जितेको अध्यक्ष मन गुरुङले जानकारी दिए ।
उनले कम्युनिटीको २० वर्षकै इतिहासमा यस्तो कप पहिलोपटक जितेको प्रतिक्रिया दिए । उनका अनुसार समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई सो कप दिइने गरिएको छ । कप पाएसँगै सो काउन्सिलमा रहेको नेपालीको घना बस्तीलाई प्रतिनिधित्व गर्ने कम्युनिटीले गरिरहेको कार्यको कदर भएको उनले बताए ।
करिब ६०० मानिस सहभागी सो दिवसमा आधा संख्या त नेपाली समुदायको मात्र थियो । मद्दत समूह, गोर्खा आमा समूह अल्डरसट एम्पायर हल, लमजुङ समाज युके, गोर्खा आमा समूह अल्डरसट भेटघाट, तमुधीँ युके, किरात राई यायोक्खा युके, किरात याक्थुङ चुम्लुङ युके, मगर संघ युके रसमोर शाखा, बुद्धिस्ट कम्युनिटी सेन्टर युके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युके, नव युवा, पासा पुचः गुठी रसमोर आदिले भाग लिएका थिए ।
उक्त कार्यक्रममा कम्युनिटीको तपÞर्mबाट उपाध्यक्ष मिया डंगोल केसीले संयोजन गरेकी थिइन् भने जेनी अठरटनले रसमोर बोरो काउन्सिलको तपÞर्mबाट संयोजन गरेकी थिइन् । कम्युनिटीले दुई वटा स्टल राखेको थियो भने तीन वटा नेपाली सँस्कृति झल्काउने प्रस्तुति गरेको थियो । दिवसमा दुई जना १०४ देशमा साइकल यात्रा गरेको नेपाली साइकलयात्रीले पनि भाग लिएका थिए ।
बेलायतकी पूर्व महारानी भिक्टोरियाको जन्म दिनको उपलक्ष्यमा काउन्सिलले हरेक वर्ष भिक्टोरिया दिवस मनाउने गर्छ ।
कम्युनिटीका अध्यक्ष मन गुरुङले भिक्टोरिया दिवसमा सहयोग पुर्याउनु हुने नेपाली दाजुभाइ, दिदीबहिनी, आमा बुबाहरुलाई विसेष धन्यवाद दिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा