
लन्डन । एनआरएनए यूकेको निर्वाचन आउंदो २२ जुलाईमा हुने भएको छ ।
निर्वाचनका विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव कर्मा पहाडी शेर्पा र सदस्यहरु लक्ष्मी राई (लारा), रुद्र थापा एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित निर्वाचन समिति समेत गठन गरिएको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले अनलाइन मतदान गरिने जनाए । उनका अनुसार, आउँदो २१ जुलाई मध्यान्ह १२ बजेदेखि २२ जुलाई मध्यान्ह १२ बजेसम्म अनलाइन मतदान हुनेछ ।
नयाँ कार्यसमिति घोषणा २२ जुलाई एम्पायर हल अल्डरसटमा गरिने एनआरएनए यूकेले जनाएको छ ।
घोषणासभामा नेपाल र बेलायतका विशिष्ठ व्यक्ति तथा एनआरएन अभियन्ताहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।
यसपटक देखि एनआरएनए यूकेको नयाँ सदस्यता लिन वा नवीकरण गर्न शुल्क लाग्ने छैन ।
गत २१ मेमा सम्पन्न संघको विशेष साधारणसभाले सदस्यता शुल्क निशुल्क गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष प्रेम गाहामगरले आगामी १५ जुनदेखि १५ जुलाईसम्म एक महिना नयाँ सदस्यता दर्ता तथा नवीकरणका लागि खुल्ला गरिने जनाए । अनलाइन पोर्टलमार्फत सहजै सदस्यता लिन सकिने संघले जनाएको छ ।
एनआरएनए यूके अध्यक्ष गाहामगरले आफ्नोबाहेक अन्य कुनै व्यक्ति वा समूहले गर्न लागेको भनिएको अधिवेशन आधिकारिक नभएको प्रष्ट्याए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]