एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा, तिगेलाको संयोजकत्वमा निर्वाचन समिति

लन्डन । एनआरएनए यूकेको निर्वाचन आउंदो २२ जुलाईमा हुने भएको छ ।
निर्वाचनका विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव कर्मा पहाडी शेर्पा र सदस्यहरु लक्ष्मी राई (लारा), रुद्र थापा एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित निर्वाचन समिति समेत गठन गरिएको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले अनलाइन मतदान गरिने जनाए । उनका अनुसार, आउँदो २१ जुलाई मध्यान्ह १२ बजेदेखि २२ जुलाई मध्यान्ह १२ बजेसम्म अनलाइन मतदान हुनेछ ।
नयाँ कार्यसमिति घोषणा २२ जुलाई एम्पायर हल अल्डरसटमा गरिने एनआरएनए यूकेले जनाएको छ ।
घोषणासभामा नेपाल र बेलायतका विशिष्ठ व्यक्ति तथा एनआरएन अभियन्ताहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।
यसपटक देखि एनआरएनए यूकेको नयाँ सदस्यता लिन वा नवीकरण गर्न शुल्क लाग्ने छैन ।
गत २१ मेमा सम्पन्न संघको विशेष साधारणसभाले सदस्यता शुल्क निशुल्क गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष प्रेम गाहामगरले आगामी १५ जुनदेखि १५ जुलाईसम्म एक महिना नयाँ सदस्यता दर्ता तथा नवीकरणका लागि खुल्ला गरिने जनाए । अनलाइन पोर्टलमार्फत सहजै सदस्यता लिन सकिने संघले जनाएको छ ।
एनआरएनए यूके अध्यक्ष गाहामगरले आफ्नोबाहेक अन्य कुनै व्यक्ति वा समूहले गर्न लागेको भनिएको अधिवेशन आधिकारिक नभएको प्रष्ट्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री