काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा २०८० वैशाख मसान्तमा १७ दशमलव छ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकामा २०८० वैशाख मसान्तमा २४ दशमलव एक प्रतिशतले वृद्धि भई रु १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ४१ करोड रहेकामा २०८० वैशाख मसान्तमा शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई रु एक खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ । गत वैशाख मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव छ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव दुई महिनाको वस्तु आयात र नौ दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक