गोर्खा कपमा करिब १४ हजारको उपस्थिति

लण्डन । विगतका वर्षहरुमा झैं यसवर्ष पनि गोर्खा कप २०२३ तथा गोर्खा कपको २१ सौं संस्करण बेलायतको अल्डरसटस्थित क्वीन्स एभिन्यू फुटबल ग्राउण्डमा सम्पन्न भएको छ ।
करिब १४ हजार दर्शक सहभागी गोर्खा कप आइतवार २८ मे का दिन सम्पन्न भएको हो ।
यसपटक मुख्य समूहमा ३२ र भेट्रानतर्फ १० एवं दुई महिला टिमबीच प्रतिष्पर्धा भएको थियो ।
मुख्य समूहको प्रतिस्पर्धा एलजी लायनले जितेको छ । प्रतियोगितामा एलजी लायनले ३–१ गोल अन्तरले प्लमस्टिड एफसीलाई पराजित गरेको थियो । उपाधिसंगै एलजी लायनले २५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएको छ भने रनरअप प्लमस्टिड एफसीलाई १५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट दिइयो ।
मेन टीमतर्फको बिजयी टिमलाई नेपाली भिलेज युकेका म्यानेजिङ डाइरेक्टर मेजर खुशीमान गुरुङ एमभीओले २५०० पाउण्ड नगद पुरस्कार प्रायोजन गरेका थिए भने उपविजेता टिमलाई श्री लक्की ज्वेलर्स अल्डर्सटका म्यानेजिङ्ग डाइरेक्टर मेजर योगेश राईले १५०० पाउण्ड प्रायोजन गरेका थिए ।
मेन टीमको बेष्ट म्यानेजरको प्रायोजक हुप थापाले १००० हजार पाउण्ड गरेका थिय भने बेष्ट म्यानेजरको उपाधि एलजी लाइन्सका सोम गुरुङले हात पारे । मेन टीमको टप स्कोरर पलम्स्टेड एफसीका रागन गुरुङले जिते । त्यसैगरी खेलमा वेष्ट प्लेयरको उपाधि एलजी लायनका सौगात गुरुङले पाए
भेट्रानतर्फ हिमालयन एफसी पेनाल्टी सुटआउटबाट विजेता बनेर १२ सय पाउण्ड प्राप्त गर्याे भने इन्टेक २००० ले रनरअपमा चित्त बुझायो । रनरअप टिमले ८ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाएको छ । भेट्रानतर्फको विजयी टीमको प्रायोजन हाम्सायर एकाउन्टटेन्टका डाइरेक्टर राजा थापाले १२०० पाउण्ड गरेका थिए । भेट्रान टिमका उपविजेतालाई मान ट्राभल्स एण्ड टुर्स सर्भिसेस लिमिटेडका डाइरेक्टर सुमन पुन र बागवीर पुनले ८०० पाउण्ड र क्याप्टेन पिताम्बर गुरुङले ५०० पाउण्ड ट्रफीको लागि प्रायोजन गरेका थिए ।
महिलातर्फ ‘म खेल्छु एफसी’ विजेता र रन्डरबोल्ट्स एफसी उपविजेता बने । महिला टीमतर्फ पहिलो हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई ३०० सय पाउण्ड, ट्रफी र सर्टिफिकेट प्रदान गरियो । प्लेयर अफ द म्याच सुष्मा शाही घोषित भएकी छिन् । महिलातर्फको पुरस्कार आइएमई लण्डनका कमल पौडेलले ५०० पाण्ड र किंग्स गेट फाईनान्सका डाइरेक्टर प्रजेश श्रेष्ठले ३०० पाउण्ड प्रायोजन गरेका थिए ।
विगतका वर्षहरुमा झैं यस वर्ष पनि ठेलो प्रतियोगिता पनि राखिएको थियो । ठेलोमा प्रथम भएर निरज गुरुङले २०० पाउन्ड र भेट्रेन तर्फको प्रथम गोकुल गुरुङले २०० पाउन्ड पुरस्कार पाए । ठेलोको पुरस्कार प्रायोजक सेवा मोर्गेजेजले गरेको थियो ।
गोर्खा कप २०२३ को मुख्य आकर्षणहरुमध्ये प्यारासुट जम्प, सांकृतिक कार्यक्रम, खानपिनका स्टलहरु, च्यारिटीका स्टलहरु, मोर्गेजका स्टलहरु, घरायसी प्रयोजनका लागि चाहिने भाँडाकुडा पसलहरु, लत्ताकपडा पसलहरु, जनचेतनामूलक स्टलहरु लगायत बिभिन्न स्टलहरु झण्डै १०० स्टलहरु राखिएको थियो।
गोर्खा कपमा प्रमुख अतिथि रशमोर बरो काउन्सिलका मेयर क्लाइभ ग्रयाटन, थिए भने विशेष अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, रसमोर बोरो काउन्सिलका काउन्सिलरहरु, ब्रिगेडियर पीएस रिहाल एमबीई, गौरव घले, अन्य अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रमुखहरु, काउन्सिलरहरु, सेनाका सिनियर अधिकृतहरु, धर्मगुरुहरु, पत्रकारहरु गरी करिब ३५० जति अतिथि नै थिए ।
फाइनल अघि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि रसमबोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटनले आफ्नो क्षेत्रमा नेपाली समुदायले वृहत कार्यक्रम गरेकामा खुशी व्यक्त गरे । आफ्नो बरोमा बढ्दो नेपाली जनसंख्याले बेलायती समाज थप मजवुत बनेको पनि उनले बताए ।
विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले खेलकुदका माध्यमबाट सामाजिक सद्भाव र एकता उजागर भएको उल्लेख गर्दै इभेन्टले स्थानीय व्यापार प्रवर्धन समेत गरेको बताइन् ।
तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित नेपालीबीच एकता र सद्भाव सुदृढ पार्न गोर्खा कपले महत्वपूर्ण योगदान गरेको बताए । उनले स्थानीय व्यापार प्रवर्धन गर्न, युवालाई कुलतमा लाग्न रोक्न र स्थानीय समुदायबीच अन्तरघुलनका लागि पनि गोर्खाकप अभिन्न अंग बन्दै आएको उल्लेख गरे ।
यसअघि गोर्खा कपको भिभिआइपी अतिथिमा ग्रीस र डेनमार्कका युवराज फिलिपोस र युवराज्ञी निना आउने बताइए पनि स्वास्थ्यका कारण उनीहरु उपस्थित भएनन् ।
आयोजक तमुधिं यूकेले १० प्रतिशत आम्दानी टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने बताएको छ ।
तमुधी युकेका अध्यक्ष हरि गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाई संस्थाका महासचिव डा. विशाल गुरुङले संचालन गरेका थिए । तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, संयोजक क्या. दीपकराज घले, टिम दर्तामा सुलभ गुरुङ, कुमार गुरुङ, ले. कुसाङ गुरुङ, मे. रि. खुशीमान गुरुङ, स्टल व्यापार संयोजक उपाध्यक्ष कमल गुरुङ, पाहुना सत्कारमा उपाध्यक्ष परशु गुरुङ, मे. रि. कृष्ण गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, पोर्ट लु क्याम्पेनका दुर्गा गुरुङ, कोषाध्यक्ष दिलमाया गुरुङ, मिडिया सेक्रेटरी एसके गुरुङ, तमुधिं आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ र सम्पूर्ण टिमले कार्यक्रमको ब्यबस्थापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री