
काठमाडौँ । कैलालीको टीकापुर घटनामा कैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी आज गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ व्यक्तिलाई कैद सजाय माफी गर्नुभएपछि उहाँ डिल्लीबजारस्थित सदरखोरबाट रिहा हुनुभएको हो ।
चौधरीको रिहाइपछि उहाँसम्बद्ध पार्टीका नेता कार्यकर्ता एवं सुभेच्छुकले स्वागत गर्नुभएको थियो । जेलमुक्त भएपछि चौधरीले माइतीघरमण्डलामा पुगेर नेता कार्यकर्तामाझ खुसी आदनप्रदान गर्नुभएको थियो । उहाँ भेटघाटका लागि केहीबेर अघि कैलाली पुग्नुभएको छ ।
विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही घटनाको दोषी ठहर गर्दै चौधरीलाई जम्मकैदको सजाय हुनेगरी अदालतले फैसला गरेको थियो । राष्ट्रपति पौडेलले यही जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई कैद सजाय माफी दिनुभएको हो । विभिन्न अदालतबाट विभिन्न समयमा भएका फैसलाबमोजिम उनीहरुको कैद सजाय माफ गरिएको हो ।
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन