
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
नेफिन युकेले मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो । नेफिनको संघीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो ।
सो अवसरमा रकम हस्तान्तरण गर्दै नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महावीर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गर्न सानो रकम हस्तान्तरण गरिएको बताउनुभयो । केन्द्रले मुलुकभित्रै महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै उहाँले यो अभियानमा सहभागी हुन समेत अपिल समेत गर्नुभयो ।
त्यस अवसरमा उक्त रकम ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताउनुभयो ।
अभियानबारे अझैपनि धेरैले नबुझेको भन्दै उहाँले अभियानको वास्तविकता धेरैले नबुझेको समेत बताउनुभयो । ‘राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरिरहेको यो अभियानको उद्देश्यका बारेमा बुझाउन आवश्यक छ । अभियानमा धेरैले हामीलाई हौसला सहयोग गर्नुभएको छु, उहाँले भन्नुभयो, ‘केहीले यस विषयमा नबुझेर नै टिकाटीप्पणी पनि गरिरहनुभएको छ । यो अभियान २र४ वर्षको प्रोजेक्ट होइन । यसको क्षेत्र बृहत् छ । यसको समय अनन्त कालसम्मको छ । यसको वास्तविकता बुझाउन आवश्यक छ ।’
यसैगरी सो अवसरमा महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रले सञ्चालन गरेको अभियान महत्वपूर्ण भएको भन्दै उक्त अभियानमा सबै कुनै न कुनै रुपले सहभागी हुनुपर्ने बताउनुभयो । आफ्नै प्रयासमा आफ्नै देशभित्र महावीर पुनले सुरु गरेको अभियान महत्वपूर्ण रहेको भन्दै अध्यक्ष शेर्पाले उहाँको उद्देश्य पूरा गराउन महासंघको पूर्ण साथ, समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच भएको सहमति पालना हुनेमा विश्वास व्यक्त गर्दै उहाँले उक्त सम्झौता कार्यान्वयन नभए महासंघलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँ (महावीर पुन)ले आफ्नो देशमा सुरु गरेको अभियान राम्रो छ । उहाँहरू लाग्नुभएको छ भनेपछि केही न केही महत्व छ । उहाँहरूको उद्देश्य पूरा गराउन हामी लाग्छौँ, अध्यक्ष शेर्पाले भन्नुभयो, ‘सरकार र केन्द्रबीच हालै भएको सम्झौता कार्यान्वयन पक्कै हुनेछ । यदी कार्यान्वयन भएन भने हामीलाई खबर गर्नुहोला । त्यसमा हामी पहलकदमी गर्छौ ।’
त्यस अवसरमा नेफिनका महासचिव दिवश राईले केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गरेकोमा नेफिन युके शाखालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]