
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)को एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिसभाका निवर्तमान सभामुख एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको हो । भ्रमण दलमा माओवादी केन्द्रका नेताहरु गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, केशव नेपाल, पर्शुराम रम्तेल, जगत यादव, टेकेन्द्रप्रसाद भट्टलगायत हुनुहुन्छ ।
प्रतिनिधिमण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङलगायतका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
यस्तै भ्रमणका क्रममा विविध छलफलमा सहभागी हुने कार्यक्रम छ । सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल २०८० जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान