
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)को एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिसभाका निवर्तमान सभामुख एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको हो । भ्रमण दलमा माओवादी केन्द्रका नेताहरु गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, केशव नेपाल, पर्शुराम रम्तेल, जगत यादव, टेकेन्द्रप्रसाद भट्टलगायत हुनुहुन्छ ।
प्रतिनिधिमण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङलगायतका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
यस्तै भ्रमणका क्रममा विविध छलफलमा सहभागी हुने कार्यक्रम छ । सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल २०८० जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा