लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)ले सदस्यता लिनको लागि बेलायतबासी सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेको छ ।
संघको आगामी निर्वाचनको लागि उम्मेदवार बन्नलाई समेत सदस्यता बन्न र बनाउन आग्रह गरेको छ ।
यसअघि नै एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषदको बैठकले सर्वसम्मतले निर्वाचन समिति गठन गरेको थियो ।
आगामि २०२३–२५ कार्यकालको लागि जुलाई २२ मा हुने निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका संस्थापक सचिव चिरन्जीवी ढकाललाई नियुक्त गरिएको छ । समितिका अन्य सदस्यहरुमा तमुधि युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एवम पत्रकार बिपिन निरौला रहेका छन । सात सदस्यीय निर्वाचन समितिमा बाँकी चार सदस्यहरु अध्यक्ष सुनिल बाबु खडकासंग सरसल्लाह गरी थप्ने अधिकार निर्वाचन समिति संयोजकलाई दिइएको छ ।
गैरआवासीय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार बैठकले संघको २०२३–२५ कार्यकालको लागी सदस्यता परिचालन समितिका संयोजक उपाध्यक्ष रामचन्द्र पोखरेलको नेतृत्वमा छिट्टै नै बेलायतका गैरआवासीय नेपाली संघलाई माया गर्ने सामाजिक अभियन्ताहरुलाई राखी सदस्यता परिचालन समितिलाई पूर्णता दिइनेछ ।
संघका अध्यक्ष सुनिलबाबु खडकाको अध्यक्षतामा जुममा बसेको बैठकले सदस्यता आवेदनको अन्तिम मिति जुन २३ तोकेको छ भने संघको ११औँ अधिवेशन जुलाई १६ र संघको २०२३–२५ को कार्यसमितिको निर्वाचन २२ जुलाईमा गर्ने निर्णय गरेको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी