
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना र ज्वालामुखी गाउँपालिका, नारी जागरण केन्द्रको समन्वयमा ज्वालामुखी गाउँपालिकामा दुई दिने निशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ सम्पन्न भएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ स्थित ढोला स्वास्थ्य चौकीमा सम्पन्न भएको निःशुल्क विशेषज्ञ सेवामा ५१३ जनाले सेवा लिएका छन् ।
वैशाख ८ र ९ गते सन्चालन भएको शिविरमा २०० जनाको दाँतको परीक्षण गरिएको छ भने २२५ जनाको छाला र हाडजोर्नी रोगसम्बन्धी रोगको उपचार गरिएको छ । शिविरमा २५० जना महिलाहरुको रोगको उपचार गरिनुका साथै निशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा १३० जनालाई जनरल फिजिसिएन सेवा प्रदान गरिएको थियो । बिरामीहरुलाई लिन जाने र उपचार पछि पुर्याउने समेतको व्यवस्थापन अन्तर्राष्ट्रिय धादिङ समाजले नै गरेको समाजका प्रवक्ता विशेष लोहनीले जानकारी दिनुभयो ।
शिविरमा, महिला रोग विशेषज्ञ डा सरिता सिटौला, दन्त रोग विशेषज्ञ डा दिलिप प्रजापती, जनरल सर्जन डा गरखनाथ मिश्र,जनरल फिजिसियन डा अमरिश थापा ,प्रो डा सीताराम श्रेष्ठ, साथै दन्त चिकित्सकहरु डा विनय भण्डारी, डा अंकित गुप्ता, डा निशा भट्ट, नर्सहरु कृतिका महत, प्रमिषा महर्जन, फार्मसिस्ट श्रावन महत, ल्याब टेक्निसियन सानिला श्रेष्ठ, अनिसा श्रेष्ठलगायत ढोला स्वास्थ्य चौकीका कर्मचारीहरुले सेवा प्रवाह गर्नुभएको समाजका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
शिविर समापन समारोह कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाजका सचिव राजेन्द्र थपलियाको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित, वडा नं ४ का वडा अध्यक्ष कृष्णबहादुर गुरुङ,स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा युकेमा रहनुभएका समाजका अध्यक्ष राजन खकुरालले दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरलाई सफल बनाउनको लागि सहयोग गर्नुहुने पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण स्वास्थ्यकर्मी, आर्थिक सहयोग गर्नुहुने र नेपालमा रही समाजको तर्फबाट सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनुभएको छ ।

बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान