
काठमाडौँ । युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गर्नुभयो ।
संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत बुस्टर डोजका लागि उपलब्ध भएको ‘फाइजर वायोटेक वाइभ्यालेन्ट’खोप हस्तान्तरण भएको हो । अष्ट्रियाबाट चार लाख तीन सय २० मात्रा, चेक रेपब्लिकबाट तीन लाख ६२ हजार आठ सय ८० मात्रा, फ्रान्सबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा, ग्रिसबाट तीन लाख ४८ हजार चार सय ८० मात्रा र इटालीबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा खोप राजदूत डेप्रेजले स्वास्थ्य सचिव डा पोखरेललाई हिस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सचिव डा पोखरेलले सङ्क्रमण बढिरहेकाले बेला उपलब्ध भएको खोपले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने बताउनुभयो । राजदूत डिप्रेजले खोपले नेपालको कोरोना भाइरस महामारी रोक्न सहयोग पुग्ने बताउनुभयो । उक्त कार्यक्रममा खोप उपलब्ध गराउने देशका महावाणिज्य दूतावासका प्रतिनिधिलगायत युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान