
लण्डन । बेलायतमा यही अप्रिल २३ तारिखका दिन दिउँसो ३ बजे सरकारले राष्ट्रव्यापीरूपमा संङ्कटको चेतावनी दिने प्रविधिको परीक्षण गर्ने भएको छ ।
सो परीक्षणअन्तर्गत फोर जी र फाइव जी सेवा भएका हरेक मोवाइलमा १० सेकेन्डसम्म चेतावनीको संकेत दिने आवाज आउने छ भने मोवाइल पनि थर्कने (भाइब्रेट) हुनेछ । खतरा चेतावनी दिने यस्तो संकेतले जीउज्यानको खतरा भएको अवस्था जस्तै आगलागी वा बाढीका बारेमा सर्वसाधारणलाई तत्काल सूचित गर्नेछ र उनीहरूले बचाउको उपाय अपनाउन पाउने छन् ।
अमेरिका, नेदरल्याण्डस र क्यानाडाले यस्तो प्रविधि अपनाइसकेका छन् ।
बेलायतमा पनि राष्ट्रव्यापी रूपमा परीक्षण गर्नु पहिले सानो क्षेत्रमा इस्ट सफोक र रेडिङमा सफलतापूर्वक भइसकेको छ ।
सो दिन हरेक मोवाइल फोनको स्क्रीनमा खतराको चेनावनीयुक्त सन्देश आउने छ साथसाथै त्यस्तै किसिमको आवाज पनि आउने छ भने मोवाइल थर्कने छ । यो अवधि १० सेकेण्डको रहने छ ।
यो परीक्षण मात्र भएकाले सर्वसाधारणले केही गर्न पर्ने छैन । आवाज तथा भाइब्रेसन १० सेकेण्डपछि आफैँ बन्द हुनेछ तर मानिसहरूले आफ्नो मोवाइलको स्क्रीनमा ‘ओके’ लेखिएको बटनमा क्लीक भने गर्न पर्नेछ । त्यसपछि मोबाइल फोन सामान्य रूपमा चलाउन सकिने छ ।
सो दिन खेलकुदका विभिन्न प्रतियोगिता परेकाले परीक्षणबाट न्यूतम मात्र असर परोस् भनेर सरकारले विभिन्न निकायहरूसित समन्वय गरेको जनाएको छ ।
बेलायतका मन्त्री ओलिभर डाउडेनले अप्रिल २३ लाई आफ्नो डायरीमा टिप्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । यस प्रविधिको परीक्षणका कारण संकटको अवस्थामा सर्वसाधारणको जीउ ज्यानको सुरक्षा गर्नु रहेको उनले बताएका छन् ।
न्याशनल फायर काउन्सिल चिफ्सका अध्यक्ष मार्क हार्डिङघमले १० सेकेण्ड कसैका लागि असुविधाजनक होला तर आगामी दिनका लागि यो जीवन बचाउने उपाय हुन सक्छ भन्दै असुविधाका लागि अग्रिम क्षमायाचना गरेका छन् ।
न्याशनल पुलिस चिफ काउन्सिलका ओवेन वेदरीलले आपतविपतको बेलामा सर्वसाधारणलाई सावधानीको सूचना दिनु महत्त्वपूर्ण रहेको र भविष्यमा सर्वसाधारणलाई सुरक्षा गर्न यस्ता प्रविधि कसरी विकसित गर्दै लैजाने भन्ने बारेमा साझेदार निकायहरूसित समन्वय गर्ने बताएका छन् ।
यस प्रविधिबाट बेलायतमा रहेका ९० प्रतिशत मोबाइल फोनमा खतराको संकेत पठाउन सकिने विश्वास गरिएको छ । तर यथार्थमा यस्तो संकेत राष्ट्रव्यापीरूपमा भने कमै प्रयोग हुन्छ । क्षेत्रीय रूपमा भने बाढी वा आगलागीका समयमा प्रयोग हुन सक्छन् ।
मानिसहरूले भने युरोपमा लडाइँ चलिरहेको बेलामा गरिएको यो परीक्षणले कतै आणविक हतियारको प्रयोग भएको अवस्थाका लागि तम्तयारी त गरिएको होइन भन्ने आशंका पनि गरेका छन् ।
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती