
काठमाडौँ । बेलायत सरकारका तर्फबाट खटाइएको सैनिक टोलीमा रहँदा अफगानिस्तानमा विस्फोटमा परी दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिक: हरिबहादुर बुढामगर सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आज सोलुखुम्बु प्रस्थान गर्नुभएको छ ।
पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिनुभएको थियो । बुढामगरले आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गर्नुभएको उहाँले बताउनुभयो ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएका बुढामगरका दुवै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृत्रिम खुट्टाको सहायतामा यसअघि नै सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’गर्ने उहाँ पहिलो व्यक्तिसमेत हुनुहुन्छ ।
लामो प्रतीक्षापछि सगरमाथा आरोहणका लागि जान अनुमति पाउँदा खुशी लागेको र निकै उत्साहका साथ आरोहणमा निस्किएको बुढामगरलाई उद्धृत गर्दै महानिर्देशक लुइँटेलले बताउनुभयो ।
सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने उहाँ पहिलो व्यक्ति भएको बताइन्छ । बुढामगरले माउन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसक्नुभएको छ ।
बेलायतको क्यान्टरबरीमा बसोबासरत रोल्पाका बुढामगर साहसिक खेलमा रुचि राख्नुहुन्छ । प्रेरणादायी प्रवचनका लागि कहलिएका बुढामगरले विभिन्न प्रतिष्ठानहरूमा प्रवचन पनि दिइसक्नुभएको छ । उहाँले व्यक्तिले हिम्मत नहारी निरन्तर लागिरहेमा जे काम पनि गर्न सम्भव छ भन्ने सन्देश दिन र अपाङ्गताका बारेमा जनचेतना फैलाउन आरोहण गर्न लागेको बताउनुभएको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस