
लण्डन । बेलायतबाट साहित्य सेवा गरिरहेका तीन स्रष्टाले बेलायतको नेपाली कविता बारे पुस्तक बजारमा ल्याएका छन् ।
डायस्पोरिक वाङ्मयका क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील साधकत्रय रक्ष राई, मिजास तेम्बे र देवेन्द्र खेरेसको सङ्कलन तथा सम्पादनमा ‘बेलायती नेपाली डायस्पोरिक कविता’ नामक ग्रन्थ प्रकाशित भएको छ । ग्रन्थको प्रकाशन नेपालकै अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डारले गरेको छ ।
ग्रन्थमा ईश्वर मानन्धर, हरिसिंह थापा, सुमलकुमार गुरुङ, सुरेशजङ्ग शाह, कोमल श्रेष्ठ, भगवान चाम्लिङ, गणेश राई, रक्ष राई, टंक वनेम, दयाकृष्ण राई, डा. रुपक श्रेष्ठ, विजय हितान मगर, कृष्ण बजगाईं, केदार सङ्केत, मुकुल दाहाल, देवेन्द्र खेरेस, लारा (लक्ष्मी राई), गोपी सापकोटा, जानु काम्बाङ लिम्बू, दुर्गाप्रसाद पोखरेल, लाहाङ चेम्जोङ, मिजास तेम्बे र अन्जु अञ्जलीका दुई÷दुई ओटा डायस्पोरिक कविता समेटिएका छन् ।
डायास्पोरिक सृजनाहरूसम्बन्धी मानक ग्रन्थमा रूपमा प्रकाशित पुस्तकमा नेपाली डायस्पोरा र डायस्पोरिक सृजना तथा सिद्धान्तका विषयमा बिस्तृत र गहन सम्पादकीय रहेको छ, जसले नेपाली डायस्पोरिक वाङ्मयका विषयमा अध्ययन–अनुसन्धान गरिरहेका तथा यस विषयप्रति अभिरूचि राख्ने सबै अध्येताहरूलाई आधिकारिक खुराक दिने अपेक्षा राखिएको छ ।
दुुई सय पृष्ठको पुस्तकको मूल्य ३९९ रुपैयाँ रहेको छ ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने