
लण्डन । नेपाली चलचित्र जारीको बेलायतमा पनि प्रिमियर शो हुने भएको छ ।
अप्रिल २२ तारिखको दिन प्रिन्सेस हल, अल्डरशटमा गोर्खा वरियर्स ईभेन्टस्द्वारा सो चलचित्रको प्रिमियर सो आयोजना गरिएको हो ।
प्रिमियरमा “जारी” चलचित्रको टीम उपस्थित हुने जानकारी आयोजक गोर्खा वरियर्स ईभेन्टस्का सन्ञ्चालकहरु अल्बिन र पिटरले जानकारी दिए ।
गोर्खा ईभेन्टस्को पनि यस फिल्ममा केही हिस्सा लगानी भएकोले ईभेन्टस् सञ्चालक अल्बिन नेपाल पुगेर फिल्मको गहिरो अनुसन्धान गरी सिनेमाको गीत सुटिङ्को अवलोकन समेत गरेर बेलायत फर्केका हुन् । वरियर्स ईभेन्टस्को टीमसँग सल्लाह गरेर ग्रान्ड प्रिमियर गर्ने योजना तय गरिएको उनले बताए ।
यस “जारी” चलचित्रको कथा लेखन तथा निर्देशक झाँक्री बुढा पात्रबाट परिचित उपेन्द्र सुब्बाले गरेका छन् ।
“जारी” चलचित्रमा पूर्वको किरात लिम्बुहरुको संस्कार संस्कृतिहरूलाई उजागर गरेर बनाइएको संकेत सिनेमाको टिजर र ट्रेलरहरुले झल्काउँछ । समग्रमा कथावस्तु र छायाङ्कन अरु सिनेमाहरु भन्दा फरक भएको निर्देशक उपेन्द्र सुब्बाले टेलिफोनमार्फत जानकारी दिए ।
प्रिमियरमा ”जारी” टिमका सुपरस्टार दयाहाङ् राई, हिरोइन मिरुना मगर, बिजय बराल र उपेन्द्र सुब्बा उपस्थित हुने पक्का भएको जानकारी गोर्खा वरियर्स ईभेन्टस्का अर्का सदस्य पिटरले जानकारी गराउँदै यस चलचित्रको टिजर र ट्रेलर टिकटक र यूट्यूबमा राखिएकोलाई लाखौंले हेरिसकेकोले गर्दा सुपरहिट हुने आत्मविश्वास समेत राखे ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?