
लण्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले आज एक विज्ञप्ति जारी गर्दै अप्रिल २ मा गेसोको कुनै कार्यक्रम नरहेको प्रष्ट पारेका छन् ।
सामाजिक सन्जालमा अप्रिल २ तारिखका दिन अल्डरसटमा गेसोले कार्यक्रम आयोजना गरेको थाहा पाए पछि राईले सो कुरा प्रष्ट्याएका हुन् ।
उनले आफू गेसोको सभापति भएको समस्त भूतपूर्व सैनिकहरूलाई अवगत भइसकेको र सो कार्यक्रम आफूहरूले आयोजना नगरेको बताएका छन् । उनले अहिले गोरखा भूतपूर्व सैनिकहरूका समस्याका बारेमा बेलायत र नेपाल सरकारबीच वार्ता भइरहेको अवस्थामा त्यसलाई बिथोल्न संस्थापक सभापति पदमबहादुर गुरुङले सो कार्यक्रम आयोजना गरेको आरोप लगाएका छन् ।
सामाजिक संजालमा पदमबहादुर गुरुङ समर्थकहरूले गुरुङ पुन: गेसोमा फर्किएको र बेलायतमा रहेका भूतपूर्व गोरखाहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार गरिएको छ ।
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै