
लण्डन । कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा प्रहरी दमनमा घाइते भई उपचारका क्रममा निधन भएका पदम लिम्बू (लाजेहाङ) लाई शहीद घोषणा गर्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतले माग गरेको छ ।
नेफिन युकेले शनिबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्यको दमन अत्यधिक हुनु नागरिकको अधिकार माथिको आक्रमण भएको बताएको छ । लिम्बूलाई तत्काल शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै नेफिन युकेले तथा प्रदेश नम्बर १ को वातावरण बिथोल्ने निर्णय गर्ने मुख्यमन्त्री हिक्मत कार्कीलाई राजिनामा दिन आह्वान गरेको छ ।
कोशी प्रदेश नामकरण तुरुन्त फिर्ता लिन र जनचाहनाबमोजिम नामकरण गराउन पनि नेफिन युकेले माग गरेको छ ।
तेह्रथुमका लिम्बु आन्दोलनका क्रममा १९ मार्चमा घाइते भएका थिए । उनको उपचारका क्रममा २४ मार्चमा निधन भएको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने