
लण्डन । कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा प्रहरी दमनमा घाइते भई उपचारका क्रममा निधन भएका पदम लिम्बू (लाजेहाङ) लाई शहीद घोषणा गर्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतले माग गरेको छ ।
नेफिन युकेले शनिबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्यको दमन अत्यधिक हुनु नागरिकको अधिकार माथिको आक्रमण भएको बताएको छ । लिम्बूलाई तत्काल शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै नेफिन युकेले तथा प्रदेश नम्बर १ को वातावरण बिथोल्ने निर्णय गर्ने मुख्यमन्त्री हिक्मत कार्कीलाई राजिनामा दिन आह्वान गरेको छ ।
कोशी प्रदेश नामकरण तुरुन्त फिर्ता लिन र जनचाहनाबमोजिम नामकरण गराउन पनि नेफिन युकेले माग गरेको छ ।
तेह्रथुमका लिम्बु आन्दोलनका क्रममा १९ मार्चमा घाइते भएका थिए । उनको उपचारका क्रममा २४ मार्चमा निधन भएको थियो ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ