काठमाडौँ । चलचित्र ‘स्वर’मार्फत अभिनयको सुरुआत गर्नुभएकी अभिनेत्री बेनिशा हमाल निर्देशक बन्नुभएको छ ।
उहाँको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गर्नुभएको हो ।
अभिनयमार्फत प्राप्त गरेको अनुभव र अध्ययनको आधारमा निर्देशनको सुरूआत गरेको अभिनेत्री हमालले जानकारी दिनुभयो । “निर्देशनमा मात्र केन्द्रित हुनुपर्ने भएकाले अभिनय गरिनँ । यो मेरो सुरूआत हो”,उहाँले भन्नुभयो, “आगामी दिनमा कथावस्तु र टीम मिलेसम्म म निर्देशनलाई निरन्तरता दिन्छु । निर्देशन गरेपछि दुवै पक्षलाई अझै बुझ्न पाएँ ।”
यसमा अभिनेत्री हमालकै लेखन, शिवराम श्रेष्ठको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ । १४ चलचित्रमा अभिनय गरिसक्नुभएकी अभिनेत्री हमाल अभिनित चलचित्र ‘छक्का पञ्जा ४’अहिले प्रदर्शनरत छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण