फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा एम्बाप्पे

पेरिस । फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।
राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो ।
दोहा विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा भएको पराजयमात्र होइन मैदान बाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ ।
सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान अब जिनेदिन जिदानले सम्हाल्ने संभावना बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री