
लन्डन। बेलायतमा बसेर नेपाली कला क्षेत्रमा लाग्दै आएका प्रभु गुरुङको निर्देशनमा नयाँ म्यूजिक भिडियो ‘बलेको आगो-२’सार्वजनिक भएको छ । म्यूजिक भिडियो यही आइतबार लण्डनमा एक समारोहबीच सार्वजनिक भएको हो।
उक्त गीतको म्यूजिक भिडियो आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।
लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित लाइभ टक शोमा निर्देशक प्रभु गुरुङले म्यूजिक भिडियो प्रेम र बिछोड केन्द्रित रहेको जनाउंदै दर्शकहरुलाई हेरिदिन आग्रह गरे ।
निर्देशक गुरुङले यसअघि बेलायतबाटै दर्जनौं नेपाली म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । ‘बलेको आगो २’ अझ पृथक बनाउन प्रयास गरेको प्रभुले बताए । उक्त म्यूजिक भिडियोमा मोडल निश्मा बन,रोशन बस्नेत र दुर्गा सिंह,बिजय गिरीले अभिनय गरेका छन् ।
मोडल निश्मा बनले ‘बलेको आगो २’बाट धेरै अनुभव लिएको बताइन् ,बेलायतमा लन्डन फेसन हाउस द्यारा आयोजित तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको वेष्ट ब्युटीफुल’ फेशको उपाधि जितेकी निश्मा बनले विविध कार्यक्रममा आफ्नो प्रस्तुति दिएपनि म्यूजिक भिडियोमा भने पहिलो चोटी अभिनय गरेकी हुन् । मोडल निश्माले भनिन्, ‘यो मेरा लागि ठूलो अवसर हो, उत्साहित छु ।’
उक्त म्यूजिक भिडियोमा राजकुमार सिंहको स्वर, सुनिल राईको संगीत संयोजन छ भने लक्ष्मी बर्देवाको शब्द छ। मेकअप पुष्पा गुरुङले गरेकी छन् । म्यूजिक भिडियोमा लन्डनको दृश्य कैद गरिएको छ । लन्डनकै छायांकार तथा सम्पादक सुमन श्रेष्ठले सिमित लोकेशनबाट पनि रमणीय दृश्य कैद गरिएको बताए ।
हेर्नुहोस् म्यूजिक भिडियो
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर