
न्यूयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिव्ना) ले अन्तर्रास्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर भ्वाइस अफ इमिग्रेन्ट वुमन जर्नल विमोचन र अन्तर्क्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले जर्नलको विमोचन गरेकी थिइन् ।
संस्थाकी अधक्ष इन्दिरा चोङबाङले संस्थाको स्थापनाकालदेखि नै जर्नल प्रकाशन गर्ने संकल्प भएकोले लामो समयपछि एउटा सपना पूरा भएको जानकारी बताइन् । जर्नललाई पुस्तकारको रुपमा ल्याउनका लागि गरिएको जर्नी अफ द जर्नलको विषयमा बोल्दै अध्यक्ष चोङबाङले यो कार्य अत्यन्तै चुनौतिपूर्ण र कठिन भए पनि सबै सदस्य दिदीबहिनीहरुको ऐक्यवद्धता, प्रतिवद्वता र लगावका कारण सफल भएकोले यस कार्यमा संलग्न सम्पूर्ण टिम, कम्युनिटी लिडर, विज्ञापन दिएर सहयोग पुर्याउने ब्यवसायीलगायत सम्पूर्ण सहयोगीमनहरू प्रति आभार प्रकट गरिन् । त्यसैगरी यो प्रथम प्रयास भएकोले यसको कमीकमजोरीहरूलाई आउने दिनमा सुधार गर्नको लागि सम्पूर्ण सहभागीहरुलाई आग्रह पनि गरिन् ।
यस्तै, अन्तर्क्रिया कार्यक्रममा प्रस्तोता डा प्रोफेसर रेजिता नायरले मेन्टल हेल्थ र चाइल्ड साइकोलोजीका सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् भने प्रोफेसर लरेन याङले मोर्डन स्लेभरी एण्ड फोर्स लेबर सम्बन्धमा प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा संस्थालाई स्थापनाकालदेखि नै हरेक क्षेत्रमा सहयोग पुर्याउने ब्यक्तिहरू नेपालको लागि सद्भावना पर्यटन दुत न्यूयोर्कका केशवराम राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष इन्द्र तामाङ, आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का पूर्व सभामुख विनोद पोमु, किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बालाई सम्मान गरेको थियो । त्यसैगरी नेपाली समाजमा सकारात्मक प्रभाव जमाउन सफल सामाजिक अभियन्ता नवराज केसी, उर्जाशील युवा दीपक चौधरी र न्यूयोर्क स्टेटकी डाइरेक्टर अफ कम्युनिटी अफेयर डोल्मा लामालाई पनि हौसलास्वरूप सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यसहित २० जनाले आजीवन सदस्यता लिएका थिए । आजीवन सदस्यताहरुलाई दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाकी प्रमुख अतिथि सुकु राईले महिला र पुरूष बीचमा भएको सामाजिक विभेद रहेको उल्लेख गर्दै उन्मुलन गर्नका लागि नयाँ पिडीहरू एक हुनुपर्ने बताइन् ।
त्यस्तै संस्थाकी संस्थापक अध्यक्ष संगिनी मगरले हामी भन्ने भावनाले महिलालाई जहिले पनि अगाडी बढ्न हौसला दिएको बताउँदै संस्था स्थापनादेखिको संघर्षका कथाहरू पोखिन् । संस्थापक अध्यक्ष मगरले भने, “हामीले नगरे कसले गर्ने त्यसैले हामी भन्ने भावनाको विकास गरौं ।”
अन्त्यमा यस संस्थालाई अघि बढाउन महत्वपुर्ण भूमिका खेल्ने व्यक्तिहरूले संस्थाको गोल्ड स्पोन्सरमा सद्भावना पर्यटनदुत तथा सामाजिक अभियन्ता केशवराम राई र तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता इन्द्र तामाङ गोल्ड स्पोन्सर, फिप्नाका पूर्व सभामुख विनोद पोमु र किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बाद्वयबाट सिल्भर स्पोन्सरस्वरूप संस्थालाई हौसला प्रदान गरेको घोषणा अध्यक्ष चोङबाङले गरिन् । सम्पूर्ण उपस्थितलाई धन्यवाद तथा आभार ब्यक्त गर्दै सम्पूर्णले यसैगरी साथ सहयोग गर्न आग्रह गर्दै अध्यक्ष चोङबाङले कार्यक्रमको औपचारिक रूपमा अन्त्य गरिन् ।
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन