
लण्डन । शहरबाट पुरस्कार वितरण गर्ने परम्परालाई तोड्दै भोजपुरको चखियाबाट पहिचान पुरस्कार प्रदान गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा गत वर्षको पहिचान पुरस्कार लेखकद्वय अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत ब्यक्तिको आफ्नो धार्मिक संस्कारअनुसार यस कोषले शिर उभाई पुरस्कार प्रदान गर्दै आएको छ । तिनै जना स्रष्टाहरुलाई आफ्नो धार्मिक संस्कार अनुरुप, नाक्छोङ÷फेदाङ्मा जितु राईबाट शिर उभाएर (सायाचोक्मा÷मांगेना) गरिएको थियो ।
फोहोर साल पुरस्कृत भएका स्रष्टाहरु श्याम साह र अनन्त वाग्लेलाई पण्डितद्वारा स्वतीक वाचन गर्दै आरती बालिएको थियो ।
कुलपति भुपाल राईले आफ्नो मन्तब्य राख्दै भन्नु भयो, “काठमाण्डौबाट पहिचानको विषयमा सम्वाद गर्दै आयौँ । हलेसी आइपुग्यौँ । त्यो हेत्छाकुप्पाले बसेको ठाउँ रैछ । त्यो त्रिधाम हो तर किरातीहरुको पहिचान चाहिँ नस्ट हुँदै गइरहेको रहेछ । त्यसले धेरै पिरोल्यो ।”
“यस पुरस्कारले लेखकहरुलाई सम्मान मात्र गरेको छैन । उनीहरुको आर्थिक पक्षलाई पनि टेवा पुर्याएको छ । यो एउटा अभियानबाट निर्माण गरिएको पुरस्कार भएकोले यसले आफ्नै महत्व र पहिचान बोकेको छ” उहाँले थप्नुभयो । टेम्के शिर भएको सुन्दर ठाउँ चखिया अझ त्यसमा पनि मुन्धुम पथको एउटा महत्वपूर्ण ठाउँमा आउन पाएकोमा आयोजक लगायत स्थानीयवासीलाई कुलपतिले धन्यावाद दिनुभएको थियो ।
सृजनशील अराजक आन्दोलनका अभियन्ता कवि हाङयुङ अज्ञात कार्यक्रमको विशेष अतिथि हुनुहुन्थो । अतिथिहरुमा सृजनशील अराजक आन्दोलनका अभियन्ता, पहिचान पुरस्कार विजेता प्राज्ञ राजन मुकारुङ, प्राज्ञ मुना राज शेर्मा, प्राज्ञ चन्द रानोहँछा, गाउँपालिका अध्यक्ष सरोज बस्नेत, पूर्व अध्यक्ष ध्रुवराज राई, वडा अध्यक्ष हर्कराज राई (रुकेश), वार्ड नम्बर ९ अध्यक्ष नवराज राई, राजेश विद्रोही, कृष्ण बराल, देवान किराती, विराट किराती, ईच्छापूर्ण राई, रामचन्द्र राई, प्रकाश दिपसाली, सेलिङ केसी, सांङ्सेन पन्धाक, केजी सुब्बा, ईन्द्र नारथुङ्गे, पाविहाङ राई, सविता फागो, करुणा राई, मुकुन्दा प्रयास, पर्वत राई, कमलजंग राई, ओम डिसी आर, केशर राई, जयन्ती जुब्ली किराती, ईन्द्रसुर वेल्टारे, शंकरदेव राई, एक्सन राई, विवेक राई, नविन मास्के, मनिता खिम्दुङ, अधिराज राई, बालकुमार राई, नेत्र राई, प्रदुङ्ना घिमिरे लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैलाई अतिथिको रुपमा लालीगुराँसको माला पहिराई सम्मान गरिएको थियो ।
कार्यक्रमको ब्यवस्थान टेम्के मैयुङ गाउँपालिका, नव प्रतिभा युवा क्लव, चखिया ब्यवस्थापन समिति र टेम्के मैयुङ गाउँपालिका वडा नम्बर ४ को चोक्ला कातिकेद्वारा गरिएको थियो ।
पुरस्कारका संस्थापक नरेश काङमाङ राईको अध्यक्षतामा प्रदान गरिएको कार्यक्रमको स्वागत मन्तब्य बोर्डका अध्यक्ष प्रकाश नुमिहाङ राईले गर्नु भएको थियो भने कार्यक्रम संचालन जिवन किरातीले गर्नु भएको थियो ।

दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी