
काठमाडौँ । अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन थाइल्याण्डको बैंककमा हुने भएको छ । आगामी जेठ २० र २१ मा हुने सम्मेलनमा विश्वभरिका विभिन्न देशमा क्रियाशील परिषद्का दुई दर्जन बढी स्थायी, राष्ट्रिय र सम्बन्धन सदस्यबाट पाँच सय जना प्रतिनिधिको उपस्थिति हुने परिषद्का महासचिव मोहन गोले तामाङले जानकारी दिनुभयो ।
सम्मेलन सम्पन्न गर्नका लागि मूल व्यवस्थापनको जिम्मेवारी तामाङ समाज थाइल्याण्ड र तामाङ समाज म्यानमार (बर्मा)लाई दिइएको परिषद्का उपाध्यक्ष टासी लामाको भनाइ छ ।
परिषद्को पाँचौँ सम्मेलनबाट संसारभर रहेका तामाङ जातिको एकतालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिकरुपमा जोड्दै नीति र नेतृत्व चयनका लागि विभिन्न व्यक्तिहरुको संयोजकत्वमा सम्मेलन व्यवस्थापन समिति, विधान मस्यौदा समिति, साङ्गठनिक तथा आर्थिक समिति, सांस्कृतिक कार्ययोजना समिति, समसामयिक प्रस्ताव समिति गठन गर्नुका साथै अध्यक्ष मण्डल र निर्वाचनमण्डल समेत गठन गरेको जनाइएको छ ।
परिषद्को अध्यक्ष भने जुन मुलुकका सम्मेलनको आयोजना हुन्छ सोही मुलुकको अध्यक्ष हुने व्यवस्था छ । त्यसैअनुरुप पाँचौँ सम्मलेनबाट थाइल्याण्डले अध्यक्ष पाउनेछन् । हाल भारतका के एम तितुङ अध्यक्ष छन् ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]