
लण्डन । लण्डनको हिलिङडन काउन्सिलले काउन्सिलभित्र उल्लेखनीय सामाजिक योगदान पुर्याएका विभिन्न २४ जना व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरेको छ । जसमा गोर्खासित सम्वद्ध दुई संस्था पनि परेका छन् ।
मंगलबार काउन्सिलको सिभिक सेन्टर अक्सब्रिज लण्डनमा आयोजित एक कार्यक्रममा काउन्सिलका मेयर वेक्की ह्यागर, काउन्सिल लिडर इयान एडवार्ड र अन्तरिम प्रमुख कार्यकारी अधिकृत टोनी जमानले अवार्ड प्रदान गरेका थिए ।
काउन्सिलभित्र विभिन्न किसिमका सामाजिक क्रियाकलापमा सक्रिय ६५ वटा व्यक्ति वा संस्थाको नोमिनेसन प्राप्त भएकोमा २४ जनालाई पुरस्कृत गरिएको काउन्सिलले जनाएको छ । उनीहरूलाई चारवटा विधामा विभाजित गरिएको थियो । जसमा साहस, असहायलाई सहयोग, समुदायलाई सहयोग र स्वास्थ्य तथा तन्दुरूस्तीको प्रबर्धन रहेका थिए ।
स्थानीय नेपाली समुदायको संस्था हिलिङडन गोर्खा नेपाली कम्युनिटी र द गोर्खा सेन्टरले समुदायलाई सहयोग विधामा काँस्य सम्मान पाएका छन् ।

बेलायती प्रधानमन्त्री स्टार्मर-अमेरिकी राष्ट्रपति ट्रम्प भेट : प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म
१७ वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया
बेलायतको मूल्यवृद्धि दर स्थिर : तथ्यांक
यात्रा संस्मरण : पाँच दिनमा युरोपका पाँच देश पुग्दा
बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार
गोरखा राज्यमा धार्मिक सम्पदाहरुको संरक्षण (सन् १७९०—१८१६)
नेपालमा जेनजी आन्दोलन : नेपाली दूतावास लन्डन परिसरमा श्रद्धाञ्जलीसभा
नेपालमा सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
बेलायतले भन्यो – ‘नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम’
नेपालमा प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार [राष्ट्रपतिको विज्ञप्तिसहित]