
लण्डन । नेपाली कामदारलाई बेलायतमा काम खोजिदिएवापत पैसा लिएको आरोपमा एक नेपाली रिक्रुटमेन्ट एजेन्सीको लाइसेन्स खारेज गरिएको छ ।
बेलायतमा कामदार ल्याउन लाइसेन्स जारी गर्ने निकाय ग्याङमास्टर एण्ड लेबर अब्युज अथोरिटीले सोमबार एक विज्ञप्ति जारी गर्दै अडेप्ट एण्ड अजाइल पिएलसीको लाइसेन्स तत्काल खारेज गर्ने निर्णय गरिएको बताएको छ ।
यसअघि डिसेम्बर महिनामा सो एजेन्सीलाई अथोरिटीले १८ महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो र अथोरिटीको सो निर्णयलाई बेलायतको डनकास्टर म्याजिष्ट्रेट कोर्टले अनुमति दिएको थियो ।
अथोरिटीका अनुसार नेपाली कम्पनी अडेप्ट र अजाइलका निर्देशकद्वय रेशम गुरुङ र प्रविन रिमाल अथोरिटीले तय गरेको मापदण्ड पूरा गर्न असमर्थ भएकाले लाइसेन्स खोसिएको हो ।
लाइसेन्स खोसिएपछि सो कम्पनीले अथोरिटीले नियमन गर्ने क्षेत्रमा कामदार पठाउन पाउने छैन । जसमा बेलायतको कृषि क्षेत्र, वागवानी, समुद्रमा माछा मार्ने, प्याकेजिङ र प्रोसेसिङ क्षेत्र पर्दछन् ।
६५ वर्षीय गुरुङ पूर्व गोरखा सैनिक हुन् र उनको स्थायी ठेगाना बेलायतमै रहेको छ भने ५६ वर्षीय रिमाल नेपालमा बसोबास गर्ने बताइएको छ ।
अथोरिटीका अनुसन्धान अधिकृतहरूले सो एजेन्सीबाट बेलायत आएका १०० जनाभन्दा बढी कामदारहरूसित बयान लिँदा सो एजेन्सीले काम खोजिदिए वापत १२ देखि १३ हजार पाउण्डसम्म उठाएको तथ्य बाहिर आएको थियो । उनीहरू सो पैसा सीधै गुरुङलाई वा उनको आफन्त वा एजेन्सीका कर्मचारीलाई बुझाएको बताएका थिए ।
बेलायतमा काम खोजिदिएवापत शुल्क लिनु गैरकानुनी मानिन्छ ।
गुरुङ र रिमालले कामदारहरुलाई शुल्क तिरेको बारेमा कसैलाई नभन्न र भनेमा कामबाट हटाइने र नेपाल फिर्ता पठाइने डर देखाएको पाइएको पनि अथोरिटीले जनाएको छ ।
अथोरिटीको लाइसेन्स खारेज गर्ने निर्णयका विरुद्ध रिमाल र गुरुङले पुनरावेदन दिएनन् ।
अथोरिटीका नियमन प्रमुख निकोला रेले अनुसन्धानबाट नेपालबाट ल्याइएका कामदारहरूमाथि शोषण गरिएको र काम खोजिदिएवापत चर्को शुल्क लिइएको पाइएको बताइन् । उनले अथोरिटीबाट लाइसेन्स लिएकाहरूलाई काम खोजिदएवापत शुल्क लिन पाइँदैन भनेर प्रष्ट रूपमा भनिएको तर चर्को शुल्क उठाएर अडेप्ट एण्ड अजाइल एजेन्सीले लाइसेन्सविपरीत कार्य गरेको उल्लेख गरिन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने