
लण्डन । शेर्पा संघ बेलायतले २१५० औँ ग्याल्पो ल्होसार मनाएको छ ।
शनिबार सामुयल कोडी स्पोर्टस सेन्टर फार्नब्रोमा एक कार्यक्रमको आयोजना गरी ल्होसार मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली दुताबास लण्डन बेलायतको उपनियोग प्रमुख श्रीमती रोशन खनाल रहनुभएको थियो । नेपालबाट आउनुभएका धर्मगुरु खेना रिम्पोछे सोनाम वाङ्गेल लामा पनि कार्यक्रममा अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । संघका अध्यक्ष आङदाबा च्याबा शेर्पाको अध्यक्षमा भएको सो कार्यक्रमको संचालन महासचिव रिन्जी लामा शेर्पा र स्वागत मन्तब्य प्रथम उपाध्यक्ष ङवाङ योन्तेन ग्याछो लामा शेर्पले गरेका थिए । कार्यक्रममा बेलायतमा विभिन्न जातीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरू आमन्त्रित थिए ।
गायकहरू रेवत राई र पाल्देन शेर्पाले कार्यक्रममा विभिन्न गीतहरू गाएर मनोरन्जन दिलाएका थिए भने शेर्पा जातिको विशेष सेब्रु नाच र नेपाली गीतमा नृत्यहरू पनि प्रस्तुत गरिएको थियो । साँस्कृतिक सत्रको संचालन आङदोर्जे शेर्पाले गरेका थिए ।
कार्यक्रममा संस्थाका आजिवन सदस्यहरू, स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गर्ने किशोर किशोरीहरू, नेपालमा शेर्पा संघको भवन खरिदमा आर्थिक सहयोग गर्ने दाताहरूलाई प्रमुख अतिथि र संस्थाका अध्यक्षले प्रसंशापत्र प्रदान गरेका थिए । संस्थलाई महत्वपूर्ण सहयोग गरेवापत शेर्पा संघ साउथ सेन्ट्रल कमिटीका पूर्व अध्यक्ष सन्त शेर्पालाई सम्मान पत्र दिइएको थियो ।
कार्यक्रममा बेलायतका विभिन्न स्थानमा बसोबासरत शेर्पा समुदायको उपस्थिति रहेको थियो । यस वर्षको कार्यक्रम व्यवस्थापन संयोजन सहकोषाध्यक्ष काजी च्यावा शेर्पाले गरेका थिए ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख