
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेले बेलायतस्थित दक्षिण पूर्व प्लमस्टिडमा अन्तर्राष्ट्रिय नारी दिवस एक कार्यक्रम गरी मनाएको छ ।
१ सय १३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सो कार्यक्रम गरिएको हो ।
विश्वभर छरिएर रहेका नेपाली नारीहरुलाई अधिकार प्राप्तिका लागि अग्रसर हुनु पर्नेमा उक्त कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।
बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले दैनिक जीवनका चुनौतीहरुलाई पन्छाउँदै नारी सशक्तिकरणका लागि लाग्नु पर्ने अवस्था रहेको बताइन् । उनले दैनिक जीवनमा आउने ठूला वा साना चुनौतीलाई सामना नगरी नारीले अधिकार प्राप्त गर्न मुस्किल पर्ने जनाइन् । आगामी वर्ष बेलायतस्थित दुतावासले पनि नारी सशक्तीकरण लागि यस्ता कार्यक्रम गर्न विषयमा दुतावासमा छलफल चलाउने उनले प्रतिवद्धता व्यक्त गरिन् ।
ओएनएफ युकेका अध्यक्ष तुङ्गभद्र भुसालले नारी सशक्तीकरण लागि आफ्नो र संस्थाको तर्फबाट सधैँ सहयोग रहने प्रतिवद्धता जनाए । उनले अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागी भएका महिलाहरुको उपस्थितिले कार्यक्रम भव्य भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
प्रवासी नेपाली अन्तर्राष्ट्रिय कमिटीकी सदस्य कल्पना त्रिपाठीले नारी हिंसा नेपालमा मात्र नभएर बेलायतमा पनि भएको तथ्यांक प्रस्तुत गरिन् । उनले नारी हिंसाको विरुद्ध एउटै आवाजको खाँचो रहेको बताइन् ।
अन्तर्राष्ट्रिय कमिटी अर्की सदस्य सरस्वती केसीले नारी सशक्तीकरण र राजनीतिमा नारीको सहभागितामा जोड दिइन् ।
ओएनएफ युके महिला विभागको संयोजकत्वमा आयोजना भएको कार्यक्रमको अध्यक्षता सुदेशा बजगाईले गरेकी थिइन् । उक्त कार्यक्रमको संचालन भने सामाजिक अभियन्ता सरिता शर्माले गरेकी थिइन् । कार्यक्रममा कविता र गायन समेत प्रस्तुत गरिएको थियो ।
यसैबीच, पहिलो चरणको औपचारिक कार्यक्रम समापनपछि नाचगानसहित रमाइलो प्रस्तुति समेत प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाइएको थियो । प्रविधिमा ओएनएफ युकेका सदस्य केदार थपलियाले सहयोग गरेका थिए ।
उक्त कार्यक्रममा ओएनएफ अन्तर्राष्ट्रिय कमिटी तथा राष्ट्रिय कमिटिका नेताहरु दिनेश घिमिरे, कर्ण शाही, विनोद ज्ञवाली, पुन्य रेग्मी, बालकृष्ण भुसाल, अर्कराज तिमल्सिना, श्याम लुईटेल, तिलक भट्टराई लगायतको उपस्थिति थियो । त्यस्तै, दक्षिण पूर्वी लण्डनका विभिन्न संघ संस्थाहरुमा नेतृत्वदावी भूमिका निर्वाह गरेका महिलाहरुको विशेष उपस्थिति थियो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय