
लन्डन । बेलायतमा आयोजना गरिएको साताव्यापी नेपाली फिल्म फेस्टिबलमा सहभागी हुन नेपालका दर्जनौँ कलाकार बेलायत आइपुगेका छन् ।
उनीहरु बिहिबार साँझ हिथ्रो विमानस्थलको टर्मिनल ४ मा अवतरण गरेका हुन् । २५ फेब्रुअरीमा अल्डरसटस्थित एम्पायर हलमा हुने विशेष कार्यक्रममा सहभागी हुन उनीहरु बेलायत आएका हुन् ।
बेलायत आइपुगेका कलाकारहरुलाई विमानस्थलमा स्वागत गर्न थर्ड आई आयोजक समूहका तर्फबाट विकास देवकोटा,ओजेश सिंह,उमेश मोक्तान,सनम बैराग, नेपाली चलचित्र क्षेत्रका अग्रज बिनोद मानन्धर, नेपाल चलचित्र कलाकार संघ यूके (फान)की अध्यक्ष रोमियन लिम्बु ,प्रसान्त खड्का ,सुरेश राज पाठक,गैरआवासीय नेपाली संघ इङ्ल्याण्ड राज्य परिषद अध्यक्ष लालबहादुर (एलबीजेड) गुरुङ,शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका उपाध्यक्ष विक्रम भट्टराई लगायत विमानस्थल पुगेका थिए ।विमानस्थलमा उत्रिए लगत्तै नेपाली कलाकारहरु निकै उत्साहित भएका थिए ।
बेलायत आएका लोकप्रिय कलाकारहरु करिष्मा मानन्धर, स्वस्तिमा खड्का, आंचल शर्मा, रिमा विश्वकर्मा, विल्सन विक्रम राई, अनुपविक्रम शाही, पुष्प खड्का, सरु थापा,अनु शाह, कृष्टिना गुरुङ, दिनेश डिसी, मिलन चाम्स,यश कुमार, विक्रम जोशी, कविता मानन्धर, विन्दु परियार, सहिमा श्रेष्ठ, सन्तोष सेन, राज कटुवाल लगायत दुई दर्जन कलाकार छन् ।
अल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रममा नेपालबाट आएका कलाकारहरुको विशेष ‘परफर्मेन्स’ सहित चलचित्र महोत्सव गरिनेछ । सो अवसरमा बेलायतस्थित कलाकारहरुको पनि प्रस्तुति रहनेछ । महोत्सवले नेपाली फिल्मलाई अन्तरराष्ट्रिय जगतमा लैजान टेवा पुग्ने विश्वास गरिएको छ । आयोजकले महोत्सवमा सबैलाई सहभागी हुन निमन्त्रणा गरेका छन् ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन