
लण्डन । बेलायतको इतिहासमै उच्चविन्दूमा पुगेको मुद्रास्फिति यसै वर्षको अन्त्यसम्ममा दुई प्रतिशतमा झर्नसक्ने अनुमान अर्थविदहरूले गरेका छन् ।
सिटी ग्रुपले बुधबार गरेको पूर्वानुमानअनुसार ग्याँसको मूल्य तीव्रगतिमा घटिरहेकाले अहिले १० प्रतिशतमाथि रहेको मुद्रास्फिति स्वात्तै घट्ने बताइएको छ । उच्च मुद्रास्फिति बेलायतको अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ र प्रधानमन्त्री ऋषि सुनकले आफ्ना पाँच प्राथमिकतामा मुद्रास्फिति आधा घटाउने वाचा गरेका छन् ।
पूर्वानुमानअनुसार आगामी नोभेम्बरसम्ममा मुद्रास्फिति २.३ प्रतिशतमा झर्न सक्नेछ । बैँक अफ इङ्ल्याण्डले भने मुद्रास्फिति ४ प्रतिशतमा झर्ने अनुमान गरेको छ । सिटी ग्रुपका प्रमुख अर्थशास्त्री बेन्जामिन नाबारोले युरोप क्षेत्रमा ग्याँसको मूल्यमा आएको ह्रासका कारण मुद्रास्फितिका बारेमा नयाँ विश्लेषण सार्वजनिक गर्नु परेको बताएका छन् । उनले जुलाइमा नै मुद्रास्फिति ५ प्रतिशतमा झर्ने बताए जबकि गत महिना मात्र अक्टोबरमा मात्र मुद्रास्फिति ५ प्रतिशतमा झर्ने विश्लेषण सार्वजनिक गरिएको थियो ।
नयाँ पूर्वानुमानसँगै घरायसी उपयोगको उर्जाको मूल्य पनि घट्ने सम्भावना छ किनकि ग्याँसको थोक मूल्यमा निरन्तर गिरावट आइसकेको छ । अगष्ट यता ग्याँसको मूल्यमा ८० प्रतिशतले कमी आएको छ । नयाँ मूल्यका कारण यसअघि सरकारले तोकेको प्रति घर वार्षिक ३ हजार २९५ पाउण्ड उर्जाको औसत मूल्य अब २ हजार १६१ पाउण्डमा झर्न सक्ने कोर्नवाल इन्साइटले अनुमान गरेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’