
काठमाडौँ । हास्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिनु हुने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हास्य विधामा केही नयाँ काम गर्न खोजेको जानकारी दिनुभयो ।
यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको सो कार्यक्रम अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आगामी चैत २ गतेदेखि सो कार्यक्रम प्रसारण हुनेछ । हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुने सो कार्यक्रमको प्रमुख भूमिकामा कलाकार नेपाल र नायिका प्रियंका कार्की रहनुहुनेछ ।
यसैगरी, दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’,प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भूमिकामा देखिनुहुनेछ । कार्यक्रमको निर्देशन भने दिनेश डिसीले गर्नुहुनेछ । नयाँ स्वरुपमा कमेडी क्लबमा जोडिन पाउँदा आफूलाई खुसी लागेको भन्दै नायिका कार्कीले पत्रकार सम्मेलनमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले स्वच्छ हास्य व्यङ्ग्यमार्फत आम जनमानसलाई सुसूचित हुने अवसर प्रदान गर्न लागिएको बताउनुभयो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’