
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । स्कटल्याण्डले दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८५ रनको योगदान दिए । उनले एक सय १६ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा अविजित ८५ रनको योगदान दिएका हुन् । त्यसैगरी कुशल मल्लले ८१ रनको योगदान दिए । उनले ६७ बल खेल्दै नौ चौका र चार छक्का प्रहार गर्दै ८१ रन बनाउन सफल भएका हुन् ।
यसैगरी सोमपाल कामीले अविजित २४ रन बनाए भने गुल्सन झाले १७ रन बनाए । कुशल भुर्तेलले १६ रन जोडे । आशिफ शेखले नौ, कप्तान रोहित पौडेलले छ, सन्दीप जोराले पाँच तथा ज्ञानेन्द्र मल्लले चार रन बनाए ।
बलिङतर्फ स्कटल्याण्डका मार्क वाट र क्रिस सोलेले समान तीन–तीन विकेट लिए भने माइकल लिस्कले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले व्याटिङको गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनाएको थियो । स्कटल्याडका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिएका थिए । उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रनको योगदान दिएका हुन् ।
त्यस्तै ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर म्याकब्राइडले २२ रन जोडे । यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९–१९ रन जोडे । क्रिस ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यु क्रसले दुई रन मात्र बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट झारे भने कुशल मल्लले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक–एक विकेट लिएका थिए । नेपालले अब भोलि शनिबार नामिबियासँग खेल्नेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने