आसफाेर्ड । नेपाली समुदायको बाहुल्य रहेको केन्टकाे आसफाेर्डमा लागूऔषध तथा मद्यपान दुर्व्यसनबारे एक दिने सचेतना कार्यक्रम हुने भएको छ ।
नेपाली समाजमा पछिल्लो समय किशोरकिशोरी र युवायुवतीहरू दुर्व्यसनमा फस्नेहरूकाे संख्या बढिरहेको बेला आसफाेर्डमा साेबारे सचेतना कार्यक्रम यहीँ फेब्रुअरी ५ तारिख आइतबार हुन लागेको हाे । ग्लाेबल बुलियन भल्टले फरवार्ड ट्रस्टसँगकाे सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको भल्टका संस्थापक जितेन्द्र चेम्जोङले बताए । व्यावसायिक प्रतिष्ठान भएतापनि सामाजिक दायित्वअन्तर्गत भल्टले कार्यक्रम आयाेजना गरेको जनाए ।
‘हाम्रो समुदायका युवाहरू दुर्व्यसनमा फसेका हुन सक्छन् । उनीहरू र अभिभावकहरूलाई उचित जानकारी र परामर्श दिन कार्यक्रम गरेका हाैँ,’ चेम्जोङले भने, ‘यसबाट समुदायले लाभ लिने विश्वास गरेका छाैँ । सेफ डिपाेजिट लकर सेवा उपलब्ध गराउँदै आएको भल्ट डेढ वर्षअघि सञ्चालनमा आएको हाे ।
भल्टका अर्का संस्थापक एवम् प्रबन्ध निर्देशक जनक राईले लागूऔषध तथा मद्यपानकाे दुर्व्यसनलाई निरुत्साहित गर्न कार्यक्रम गरिएको जनाए । प्रत्येक व्यक्ति र व्यावसायीहरूले समाजका लागि केही न केही याेगदान दिनुपर्ने आफ्नो धारणा रहेको बताए ।
आइतबार दिउँसो साढे एक बजे बिहीबारे हलमा हुने कार्यक्रमकाे सहजकर्ता फरवार्ड ट्रस्टका ड्रग एन्ड एल्काेहल प्राक्टिसनर विजय लुम्फुङ्वा लिम्बु रहेका छन् । चार वर्षदेखि आवद्ध रहेर काम गरिरहेका उनले दुर्व्यसनकाे स्थिति, नेपाली मूलका व्यक्तिहरूकाे अवस्था, प्राप्त गर्न सकिने परामर्श र उपचार लगायतका विषयमा प्रस्तुति दिनेछन् । केन्टकाे आसफाेर्डमा पछिल्लो समय उल्लेख्य सङ्ख्यामा दुर्व्यसनीहरू बढेको हुन सक्ने साे क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् । लुम्फुङ्वा नेपालमा रहँदा लागूपदार्थ दुर्व्यसन राेकथाम तथा नियन्त्रणका क्षेत्रमा करिब २३ वर्ष काम गरेका थिए ।
सन् १९९१ देखि फर्वार्ड ट्रस्टले केन्टकाे आसफाेर्ड, फाेक्सटाेन, क्यान्टरवरी, थानेत लगायतका ठाउँमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । राष्ट्रिय तथ्यांक कार्यालय बेलायतका अनुसार सन् २०२२ काे जूनसम्ममा १६ देखि ५९ वर्षसम्मका ३० लाख वयस्क र १६ देखि २४ वर्षसम्मका ११ लाख युवाहरूले कुनै पनि प्रकारको लागूपदार्थ प्रयाेग गरेको जनाएको छ ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी