
लण्डन । बेलायती प्रधानमन्त्री तथा सत्तारुढ कञ्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले पार्टीका अध्यक्ष नदिम जाहावीलाई निस्कासन गरेका छन् ।
करका बारेमा विवादमा परेका जाहावीले मन्त्रिले पालना गर्नुपर्ने आचारसंहिता पालना गरे नगरेको बारेमा छानविन गर्न प्रधानमन्त्री सुनकले स्वतन्त्र सल्लाहकारलाई नियुक्त गरेका थिए ।
स्वतन्त्र सल्लाहकार लोरी म्याग्निसले दिएको चार पेज लामो प्रतिवेदनमा जाहावीले आचारसंहिता उल्लंघन गरेको पाइएपछि सुनकले आइतबार जाहावीलाई पार्टी अध्यक्षबाट हटाएका हुन् ।
जाहावी सत्तारुढ पार्टी अध्यक्षका रुपमा मन्त्रिपरिषदको बैठकमा सहभागी हुँदै आएका थिए ।
इराकबाट बाल्यकालमा बेलायत आएका जाहावी केही वर्षयता सत्तामा प्रभावशाली रहँदै आएका थिए । उनी बोरिस जोन्सनको अन्तिम मन्त्रिमण्डलमा अर्थ मन्त्री रहेका थिए भने त्यसअघि शिक्षा मन्त्री र कोरोनाकालमा खोप मन्त्री रहेका थिए ।
उनीमाथि बेलायतको कर कार्यालयबाट कर छली सम्बन्धी छानविन गरी ठीकसँग कर नतिरेको पाइएको थियो र उनलाई नगद जरिवाना पनि गरिएको थियो ।
उनले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ