
काठमाडौँ । करातेका संस्थापकमध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासङ्घ केन्द्रीय कार्यसमितिको तदर्थ समिति आज गठन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिवसमेत रहनुभएका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको हो । अघिल्लो तदर्थ समितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहनुभएका दावा गुरुङ सहअध्यक्ष बन्नुभयो । उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा श्याम शेर्पा र विआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ हुनुहुन्छ ।
त्यस्तै, सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गा गौतम परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई हुनुहुन्छ ।
उहाँहरूलाई राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले आजै मनोनयनपत्र हस्तान्तरण गर्नुभयो ।
अब महासङ्घले तीन महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारणसभा तथा निर्वाचन गर्नु पर्नेछ ।
अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई विसं २०७५ फागुन १४ गते तीन महिनाभित्र महासङ्घको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा चार वर्षसम्म उक्त समितिले महासङ्घको विधान संशोधन तथा निर्वाचन गरेको थिएन ।
कार्यक्रममा सदस्यसचिव घिसिङले ऐतिहासिक आवश्यकताका हिसाबले लामालाई अध्यक्षको जिम्मेवारी दिइएको बताउनुभयो ।
अध्यक्ष लामाले संस्था र खेलाडीको हितलाई ध्यानमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले परिषद्ले दिएको तीन महिनाभन्दा धेरै अगाडि निर्विवादरूपमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता