
लण्डन । डिसेम्बर १ देखि बेलायतमा बेपत्ता किरण पुन सो दिन अन्तिमपटक अल्डरसटको इष्ट स्टेशन रोडमा देखिएको प्रहरीले जनाएको छ ।
एक महिनाभन्दा लामो समयदेखि सम्पर्कविहीन पुनका बारेमा अनुसन्धान गरिररहेको ह्याम्पसायर प्रहरीले उनी सो दिन साँझ ७ बजेर ३८ मिनेटमा इष्ट स्टेशन रोडमा देखिएको बताएको छ ।
त्यसदिन उनी एम्सबरीबाट रेल चढेर फार्नब्रो आएका थिए । फार्नब्रोबाट रुट नम्बर १ को बस चढेर अल्डरसट स्टेशनमा झरेका थिए । त्यसपछि हिँड्दै इष्ट स्टेशन रोडसम्म पुगेको प्रहरीले बताएको छ । त्यसपछि उनी कता गए भन्ने पत्ता लाग्न सकेको छैन । प्रहरीका अनुसार उनी जानसक्ने तीन वटा बाटा छन् । डिटेक्टिभ इन्स्पेक्टर आडम एडवार्डका अनुसार स्टेशनबाट दक्षिणतर्फ हिँडेका उनी सेन्ट जर्जेज रोड र सेन्ट माइकल्स रोडको चौबाटोमा पुगेको पाएका छौँ । त्यसपछि उनी दक्षिणतर्फ लागेर मानोर पार्कतर्फ, उत्तर पूर्वतर्फ लागेर अल्डरसट हाइस्ट्रिटतर्फ वा दक्षिण पश्चिम लागेर मानोर वाकतर्फ लागेका हुनसक्छन् ।
उनले सो क्षेत्रको सिसिटिभी फुटेज वा रीङ फुटेज हेरेर प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई अपील गरेका छन् ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने