
लण्डन । तमुधिँ युकेको अध्यक्षमा हरि गुरुङ निर्वाचित भएका छन् ।
तमुधिँ युकेको आज सम्पन्न बाइसौँ वार्षिक साधारण तथा बाह्रौँ महाधिवेसनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षत्रयमा जुमकाजी गुरुङ, पर्शु गुरुङ, कमल गुरुङ, महासचिवमा डा विशाल गुरुङ, सचिवमा विमल गुरुङ, कोषाध्यक्षमा श्रीमती दिलमाया गुरुङ, सहकोषाध्यक्षमा दुर्गाबहादुर गुरुङ निर्वाचित भएका छन् ।
यस्तै, स्पोर्टस सेक्रेटरीमा क्याप्टेन दीपक घले, कल्चरल सेक्रेटरीमा साधुराम गुरुङ, मिडिया सेक्रेटरी एसके गुरुङ, फोटोग्राफर मिलन तमु गुरुङ, मदन गुरुङ, युथ कोअर्डिनेटर राजेन्द्र गुरुङ, च्यारिटी कोअर्डिनेटर कुमार घले, प्रोपर्टी सदस्य अरुण गुरुङ, सदस्यहरुमा भोज गुरुङ, मोति गुरुङ, श्रीमती लिडिया गुरुङ, श्रीमती हेलिसा गुरुङ, श्रीमती बिनु गुरुङ, श्रीमती चन्द्रादेवी गुरुङ, श्रीमती गुङ्ङु गुरुङ, नरबहादुर गुरुङ, दीपक गुरुङ र सोम घले रहेका छन् ।
यस्तै, आमा समूहको छैटौँ समितिको अध्यक्षमा सन्ध्या गुरुङ, उपाध्यक्षत्रयमा कमला गुरुङ, नन्दकुमारी गुरुङ र जया गुरुङ, महासचिवमा शान्ता गुरुङ, सचिवमा अन्जु गुरुङ, कोषाध्यक्षमा मुना गुरुङ र सहकोषाध्यक्षमा ध्रुव गुरुङ रहेका छन् । सदस्यहरूमा सगुन गुरुङ, रजनी गुरुङ, सावित्री गुरुङ, सुप्रिया गुरुङ, कृष्णकुमारी गुरुङ, लिडिया गुरुङ, चन्द्रादेवी गुरुङ, इन्द्रा गुरुङ, नन्दा गुरुङ, पञ्च गुरुङ, शोभा गुरुङ, सीता गुरुङ, सुषमा गुरुङ, देवकला गुरुङ र पञ्च गुरुङ रहेका छन् ।
साधारणसभाको पहिलो सत्रमा अध्यक्ष हितकाजी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष सीता (मञ्जु) गुरुङले पानसमा बत्ती बाली अधिवेसनको उद्घाटन गरेका थिए । महासचिव पर्शु गुरुङले कार्यक्रमको रुपरेखा तथा हेल्थ एण्ड सेप्mटीका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत गरेका थिए भने अध्यक्ष हितकाजी गुरुङले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तब्य दिनुका साथै आमा समूहका महासचिव, शाखाका अध्यक्षहरु, तमुधिँ केन्द्रका महासचिव, कोषाध्यक्षले प्रतिवेदन पेश गरेका थिए । त्यसपछि अध्यक्ष हितकाजी गुरुङले विभिन्न विषयमा जानकारी दिँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । तत्पश्चात उनले कार्यसमिति विघटन गरेका थिए ।
दोस्रो सत्र निर्वाचन समितिले संचालन गरेको थियो । निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङ, मेजर कृष्णबहादुर गुरुङ, नारायणसिंह गुरुङ रहेका थिए ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने