
लण्डन । बैँक अफ इङ्ल्याण्डले आज (मंगलबार) बेलायतका नयाँ राजा चार्ल्स तृतीयको तस्वीर अंकित बैँक नोटको नमूना सार्वजनिक गरेको छ।
राजा चार्ल्सको तस्वीर अब निस्कासन हुने पाँच, दश, बीस र पचास पाउण्डका नयाँ पोलिमर नोटहरूमा मुद्रित हुने बैँकले जनाएको छ ।
बैकका अनुसार नयाँ नोट सन २०२४ को आधाउधीमा प्रयोगमा आउने छ ।
महारानी एलिजावेथ द्वितियाको निधनपछि नयाँ नोटको नमूना सार्वजनिक गरिएको हो । बैँकले एलिजावेथको तस्वीर अंकित नोटहरू पनि समानान्तर रूपमा बजारमा प्रचलनमा रहिरहने बताएको छ । धेरैले नयाँ नोट निस्कासन पछि पुरानो नोटहरू फिर्ता होला भन्ने लख काटेका थिए । तर बैँकले नयाँ बैँक नोटहरू फाटेका पुराना नोटहरूलाई प्रतिस्थापन गर्न र नोटको मागलाई पूर्ति गर्न मात्र छापिने बताएको छ । साथै वातावरणीय र आर्थिक खर्चलाई ध्यान दिएर पुराना नोटहरू विस्थापन नगरिएको बैँकको भनाइ छ ।
बैँकका गभर्नर आन्ड्रयू बेलीले राजा चार्ल्स तृतीयको तस्वीर अंकित नोट निस्कासन गर्न लागेकोमा खुशी लागेको यो महत्वपूर्ण क्षण भएको बताए । उनले राजा चार्ल्स तृतीय बैँक नोटमा तस्वीर अंकित हुने दोस्रो राजपरिवार भएको बताए ।
सबै तस्वीरहरू: बैँक अफ इङ्ल्याण्ड



गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक