
लण्डन । बैँक अफ इङ्ल्याण्डले आज (मंगलबार) बेलायतका नयाँ राजा चार्ल्स तृतीयको तस्वीर अंकित बैँक नोटको नमूना सार्वजनिक गरेको छ।
राजा चार्ल्सको तस्वीर अब निस्कासन हुने पाँच, दश, बीस र पचास पाउण्डका नयाँ पोलिमर नोटहरूमा मुद्रित हुने बैँकले जनाएको छ ।
बैकका अनुसार नयाँ नोट सन २०२४ को आधाउधीमा प्रयोगमा आउने छ ।
महारानी एलिजावेथ द्वितियाको निधनपछि नयाँ नोटको नमूना सार्वजनिक गरिएको हो । बैँकले एलिजावेथको तस्वीर अंकित नोटहरू पनि समानान्तर रूपमा बजारमा प्रचलनमा रहिरहने बताएको छ । धेरैले नयाँ नोट निस्कासन पछि पुरानो नोटहरू फिर्ता होला भन्ने लख काटेका थिए । तर बैँकले नयाँ बैँक नोटहरू फाटेका पुराना नोटहरूलाई प्रतिस्थापन गर्न र नोटको मागलाई पूर्ति गर्न मात्र छापिने बताएको छ । साथै वातावरणीय र आर्थिक खर्चलाई ध्यान दिएर पुराना नोटहरू विस्थापन नगरिएको बैँकको भनाइ छ ।
बैँकका गभर्नर आन्ड्रयू बेलीले राजा चार्ल्स तृतीयको तस्वीर अंकित नोट निस्कासन गर्न लागेकोमा खुशी लागेको यो महत्वपूर्ण क्षण भएको बताए । उनले राजा चार्ल्स तृतीय बैँक नोटमा तस्वीर अंकित हुने दोस्रो राजपरिवार भएको बताए ।
सबै तस्वीरहरू: बैँक अफ इङ्ल्याण्ड



मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]