
काठमाडौँ । प्रतिनिधिसभाको पूरा परिणाम र प्रमाणपत्र समेत वितरण भइसकेपछि तीन राजनीतिक दलले संसदीय दलको नेता सोमबार चयन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो । “सर्वसम्मतले सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन हुनुभएको हो”, उहाँले भन्नुभयो ।
यस्तै, सत्ता साझेदार नेकपा (एस) को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ । दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको आज बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतिबाट जिम्मेवारी प्रदान गरेको हो ।
त्यसैगरी, बैठकले दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई तथा प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई छनोट गरेको छ । उपाध्यक्ष पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ ।
प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीमा प्रदेशसभामा २५ सदस्य छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान भएपछि संसदीय दलको नेतृत्व छनोट गरिएको महासचिव डा बेदुराम भुसालले जानकारी दिनुभयो ।
यसैगरी, जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ ।
पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।
कांग्रेसले पुस ६ गते चुन्ने
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ ।
कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य हुनुहुन्छ ।
तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुनेछ ।
समितिले उम्मेदवारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र लगत्तै मतगणना गरी परिणाम घोषणा गरिनेछ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी