
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गर्नुभएको छ ।
विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गर्नुभएको थियो । सन्त नेता भट्टराईले देख्नुभएको सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उहाँको पूर्णकदको सालिक निर्माण गरेको हो ।
शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । विसं २०७७ मै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु भएकामा २०७८ असार १ गतेको बाढीले पुर्याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनःसुरु भएको उहाँले बताउनुभयो ।
अब काठमाडौं उपत्यकावासीलाई सधैँ पानी वितरण गर्नसक्नेगरी आवश्यक तयारी गरिने प्रधानमन्त्री देउवाले बताउनुभयो । “राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकामा खुसी लागेको छ, खानेपानी र सरसफाइ महत्वपूर्ण भएकाले संविधानको मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा हक स्थापित गरिएको छ, त्यसअनुसार सबै नेपालीलाई स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको छ, वर्षभर राजधानीवासीलाई मेलम्चीको पानी खुवाउन के गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको छ”, उहाँले भन्नुभयो ।
गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने स्थानीयवासीसँग शुल्क उठाएको भनी जनप्रतिनिधिले गरेको गुनासो सम्बोधनका लागि आजै निर्देशन दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता थियो । वडा नं १ का चार वटा गाउँ निकुञ्जभित्र छ । ती गाउँमा जाने स्थानीयवासी, आफन्तसँग निकुञ्ज कार्यालय शुल्क लिँदै आएको छ ।
इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
बेलायतवासी गौरुङ कान्छाको जीवनयात्रा कृति ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्म’ सार्वजनिक
इरानी विद्यालय भवनमा आक्रमण : कम्तीमा ८५ जनाको मृत्यु