
लन्डन । युद्ध साहित्यलाई प्रबर्धन गर्रने उद्देश्यले विश्व नेपाली साहित्य महासङ्घ बेलायतका शाखाहरूले विश्वस्तरीय युद्ध गीत प्रतियोगिता आयोजना गरेका छन् । महासङ्घको दक्षिण यूके र पश्चिम यूके शाखाहरूको संयुक्त आयोजनामा युद्ध गीत लेखन प्रतियोगिता आयोजना गरिएको हो ।
महासङ्घले बेलायतका शाखाबाहेक विश्वको जुनसुकै भूगोलबाट भएपनि सहभागी हुन गीतकार एवम् सर्जकहरूमा सूचनामार्फत् आह्वान गरेको छ । गीत नोभेम्बर १० तारिखभित्र पठाइसक्नुपर्नेछ । अन्तिम नतिजा भने नोभेम्बर १२ तारिखमा भर्चुअल रूपमा आयोजना हुन लागिरहेको युद्ध साहित्य गोष्ठी २०२२ मा घोषणा गरिने प्रतियोगिता संयोजक एवम् विनेसाम दक्षिण यूके अध्यक्ष थिर थापा मगरले बताए ।
”साहित्य, गीत तथा संगीतलाई समानान्तर रूपमा प्रबर्धन तथा विकास गर्ने क्रममा यसलाई विविध क्षेत्रसँग गाँस्दै लैजाने अभिप्रायका साथ हामीले यो प्रतियोगिता आयोजना गर्ने जमर्को गरेका हौँ”, अध्यक्ष थापामगरले भने, ”नेपाली भाषा, गीत, संगीत र साहित्यलाई विकास र प्रबर्धन गर्ने हामी सबैको साझा जिम्मेवारी हो भन्ने ठम्याईका साथ प्रतियोगितामा सहभागी भएर हाम्रो यो साझा अभियानमा सहयात्रा गर्दै जानुहुनेछ भन्ने विश्वासका साथ यो सूचना हामीले सम्प्रेषण गरेका छौँ ।”
युद्ध गीत लेखन प्रतियोगिताका केही मापदण्डहरू पनि तोकिएका छन् । गीत नेपाली भाषामा हुनुपर्नेछ । गीतमा समावेश गरिने विषयवस्तु विशुद्ध युद्ध, द्वन्द्व, पल्टनिया, लाहुरे, सैनिक परिवेशसँग सम्बन्धित हुनुपर्नेछ । अधिकतम ६० देखि ७० शब्दहरु रहने गरी एक स्थायी र दुई अन्तरा गरेर गीत जम्मा तीन अनुच्छेदको हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागीहरूमध्ये प्रथम हुनेलाई नेपाली रूपैयाँ १० हजार रुपियाँ, द्वितीयलाई ७ हजार रुपियाँ र तृतीयलाई ५ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।
रचना आगामी नोभेम्बर १० तारिखभित्र पठाउनुपर्ने छ । गीत मौलिक हुनुपर्नेछ । छापा, विद्युतीय र सामाजिक सञ्जाललगायत कुनै पनि माध्यममा प्रकाशित वा प्रसारित नभएको हुनुपर्नेछ ।
महासङ्घकै आह्वानमा गत अक्टोबर ११ बाट नोभेम्बर ११ सम्मका लागि गोरखा इतिहास महिना समेत आह्वान गरिएको गोष्ठीका संयोजक एवम् महासङ्घका केन्द्रीय उपाध्यक्ष विजय हितान मगरले बताए । गोरखा हिस्ट्री मन्थ गत वर्षदेखि सुरु भएको हो ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’