
आसफोर्ड । किरात याक्थुङ चुम्लुङ यूके, आसफोर्डले यस वर्षको बलिहाङ तङ्नाम मनाएको छ । याक्थुङ लिम्बु समुदायले मनाउँदै आइरहेको पर्वहरूमध्येको एक बलिहाङ तङ्नामको अवसरमा चुम्लुङको आसफोर्ड शाखाले साँस्कृतिक कार्यक्रम गर्दै तङ्नाम मनाएको छ ।
शनिबार सेन्ट साइमन चर्चको भवनमा भएको ‘बलिहाङ तङ्नाम साँस्कृतिक कार्यक्रम २०२२’ मा आसफोर्डभित्र र बाहिर गरेर पाँच सय बढी सहभागीहरूको उपस्थितिमा ‘बलिहाङ तङ्नाम (लारिङ्गेक नाम्लिङ्गेक एवम् साँस्कृतिक कार्यक्रम २०२२’ सम्पन्न भएको थियोे । कियाचु यूकेका केन्द्रीय उपाध्यक्ष गणेश इजमको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष सोदीप थोप्राले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष इजमले मौलिक सँस्कृतिलाई नयाँ पुस्तासम्म लानुपर्ने र यसका लागि चुम्लुङले संस्थागत रूपमा अघि बढ्न सबैलाई समेट्नुपर्ने बताए ।
कार्यक्रममा चुम्लुङ पूर्व एवम् वर्तमान नेतृत्वहरू, आसफोर्ड चुम्लुङका संस्थापकहरू, पूर्व नेतृत्वहरू, वर्तमान कार्य समितिका पदाधिकारी सदस्यहरू, सल्लाहकारहरू, थामेन्दिङ्मा महिला समिति, याक्थुङ कुस्सा चुम्लुङ, बुुद्धिजीवि, समाजसेवी एवम् लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा विशेष अतिथि सगरमाथा गोरखा नेपाली समाज आसफोर्डका कावा अध्यक्ष एवम् कियाचु यूके पूर्व अध्यक्ष डम्मर सिङ्गक रहेका थिए । त्यस्तै, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाज, गोरखा पिस फाउन्डेसन, किरात धर्म तथा साहित्य उत्थान संघ, युमा साम्यो महासभा, लिम्बुवान नागरिक समाज लगायत संघसंस्थाहरूको प्रतिनिधिहरूको उपस्थिति रहेको थियोे ।
साँस्कृतिक साँझलाई मनोरञ्नात्मक बनाउन चर्चित गायक नेपाली तारा दिपक लिम्बुले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए । गायक लिम्बु दुई महिनायता साङ्गीतिक भ्रमणका क्रममा बेलायतमा छन् । त्यसअघि, आसफोर्ड केलाङ समूहले केलाङ (च्याब्रुङ नाच) प्रस्तुत गरेका थिए । सो क्रममा लारिङ्गेक नाम्लिङ्गेक (देउसी) कार्यक्रम पनि आयोजना गरिएको थियोे । जसमा राजेन्द्र नेम्वाङले मुन्धुम वाचन गरे । उनले याक्थुङ गीत हाक्पारे, पास्लाम समेत प्रस्तुत गरे । त्यस्तै, माक्सती ओख्रावुले याक्थुङ भाषामा साम्लो (गीत) गाइन् । त्यस्तै, मोहन साँवा, शिखर सम्बाहाङ्फेहरूले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा दिवाना पालुङ्वा, यमुना नेम्वाङ, केलाङ समूह, माक्सती ओख्रावु र राजेन्द्र नेम्वाङहरूले नृत्य प्रस्तुत गरे । शाखा सचिव अमित थेवेले सञ्चालन गरेको पहिलो सत्रमा उपाध्यक्ष काजी साम्यूले सुरक्षासम्बन्धी जानकारी दिएका थिए । साँस्कृतिक सत्र भने भाषा तथा साहित्य विभाग प्रमुख शिशिर सम्बाहाङ्फेले सञ्चालन गरे ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’