
लण्डन । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको भावी प्रधानमन्त्रीको प्रतिस्पर्धा त्यागेका छन् ।
आइतबार बेलुका एक बक्तब्य जारी गर्दै उनले जबसम्म पार्टीलाई संसदमा एकवद्ध गराउन सकिँदैन तबसम्म राम्रोसँग सरकार चलाउन सम्भव नहुने बताएका छन् । यसका लागि पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका ऋषि सुनक र पेन्नी मोर्डन्टसित छलफल गरी राष्ट्रिय हितका लागि सहकार्य गर्न सकिन्छ कि भनेर छलफल गरेको उनले जानकारी दिएका छन् । तर दुर्भाग्यवश सहकार्य गर्न नसकिएका कारण आफूले भावी नेताका लागि सोमबार मनोनयन नगर्ने निर्णय गरेको उनले बताएका छन् ।
बक्तब्यमा उनले आफूले गत निर्वाचनमा कन्जरभेटिभ पार्टीलाई पूर्ण बहुमत दिलाएको र आगामी चुनावमा पुन बहुमत दिलाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । पार्टीको आगामी नेताका लागि मनोनयन गर्न आफूले १०२ जना सांसदको समर्थन पाइसकेको पनि उनले उल्लेख गरेका छन् । आफूले चाहेको भए आउने शुक्रबार नै पुन: प्रधानमन्त्री बन्न सक्ने दाबी पनि उनको छ ।
बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार राजिनामा दिएपछि केही सांसदहरुले पुन बोरिस जोन्सनलाई नै प्रधानमन्त्री बनाउनु पर्ने निस्कर्षका साथ उनलाई क्यारेबियन मुलुकमा बिदा मनाइरहेको अवस्थाबाट बेलायत झिकाएका थिए । शनिबार बेलायत आएपछि उनले सार्वजनिक रुपमा केही नबोली सांसदहरुलाई आफूलाई समर्थन गर्न फोन गरेका थिए भने शनिबार नै ऋषि सुनक र आइतबार पेन्नी मोर्डन्टलाई भेटेका थिए ।
जोन्सनले प्रतिस्पर्धाबाट खुट्टा झिकेपछि अब ऋषि सुनक र पेन्नी मोर्डन्टबीच प्रतिस्पर्धा हुने हो वा सोमबार नै ऋषि सुनक सर्वसम्मत नेता चुनिने हुन् त्यसको लागि सोमबार दिउँसो २ बजेसम्म कुर्नैपर्ने हुन्छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित