
लण्डन । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको भावी प्रधानमन्त्रीको प्रतिस्पर्धा त्यागेका छन् ।
आइतबार बेलुका एक बक्तब्य जारी गर्दै उनले जबसम्म पार्टीलाई संसदमा एकवद्ध गराउन सकिँदैन तबसम्म राम्रोसँग सरकार चलाउन सम्भव नहुने बताएका छन् । यसका लागि पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका ऋषि सुनक र पेन्नी मोर्डन्टसित छलफल गरी राष्ट्रिय हितका लागि सहकार्य गर्न सकिन्छ कि भनेर छलफल गरेको उनले जानकारी दिएका छन् । तर दुर्भाग्यवश सहकार्य गर्न नसकिएका कारण आफूले भावी नेताका लागि सोमबार मनोनयन नगर्ने निर्णय गरेको उनले बताएका छन् ।
बक्तब्यमा उनले आफूले गत निर्वाचनमा कन्जरभेटिभ पार्टीलाई पूर्ण बहुमत दिलाएको र आगामी चुनावमा पुन बहुमत दिलाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । पार्टीको आगामी नेताका लागि मनोनयन गर्न आफूले १०२ जना सांसदको समर्थन पाइसकेको पनि उनले उल्लेख गरेका छन् । आफूले चाहेको भए आउने शुक्रबार नै पुन: प्रधानमन्त्री बन्न सक्ने दाबी पनि उनको छ ।
बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार राजिनामा दिएपछि केही सांसदहरुले पुन बोरिस जोन्सनलाई नै प्रधानमन्त्री बनाउनु पर्ने निस्कर्षका साथ उनलाई क्यारेबियन मुलुकमा बिदा मनाइरहेको अवस्थाबाट बेलायत झिकाएका थिए । शनिबार बेलायत आएपछि उनले सार्वजनिक रुपमा केही नबोली सांसदहरुलाई आफूलाई समर्थन गर्न फोन गरेका थिए भने शनिबार नै ऋषि सुनक र आइतबार पेन्नी मोर्डन्टलाई भेटेका थिए ।
जोन्सनले प्रतिस्पर्धाबाट खुट्टा झिकेपछि अब ऋषि सुनक र पेन्नी मोर्डन्टबीच प्रतिस्पर्धा हुने हो वा सोमबार नै ऋषि सुनक सर्वसम्मत नेता चुनिने हुन् त्यसको लागि सोमबार दिउँसो २ बजेसम्म कुर्नैपर्ने हुन्छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने