
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले फोनिजको स्थापनामा महत्वपूर्ण योगदान गरेकोमा अग्रज पत्रकार हरिकुमार गुरुङ ‘काजी’लाई सम्मान गर्ने भएको छ ।
यसैगरी, आदिवासी जनजातिको सवालमा सक्रिय युवा पत्रकार अमित थेबेलाई नगदसहित पुरस्कार प्रदान गर्ने भएको छ ।
फोनिज युकेले शुक्रकार सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
गुरुङ र थेबेलाई नोभेम्बर ५ का दिन अल्डरसटमा आयोजना गरिएको फोनिज युकेको साधारण सभामा वर्ष सम्मान तथा पुरस्कार प्रदान गरिने छ ।
सम्मानित तथा पुरस्कृत व्यक्तित्व छनौटका लागि फोनिज युकेले पूर्व अध्यक्षहरु पूर्ण गुरुङ, विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई रहेको छनौट समिति बनाएको थियो ।
गुरुङ बेलायतबाट एक दशकभन्दा लामो समय प्रकाशन भई हाल अनलाइनमा प्रकाशन भइरहेको एभरेष्ट टाइम्स साप्ताहिकका संस्थापक सम्पादक हुन् । फोनिज युकेको स्थापनामा गुरुङको महत्वपूर्ण योगदान छ ।
थेबे लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष तथा नेपालीसमाचार डटकमका अतिथि सम्पादक हुन् ।
फोनिज युकेले नेपालमा हरेक वर्ष दुई जना आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्दै आएकोमा यस वर्षदेखि बेलायतमा पनि पुरस्कार दिन थालेको हो ।
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन