
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले फोनिजको स्थापनामा महत्वपूर्ण योगदान गरेकोमा अग्रज पत्रकार हरिकुमार गुरुङ ‘काजी’लाई सम्मान गर्ने भएको छ ।
यसैगरी, आदिवासी जनजातिको सवालमा सक्रिय युवा पत्रकार अमित थेबेलाई नगदसहित पुरस्कार प्रदान गर्ने भएको छ ।
फोनिज युकेले शुक्रकार सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
गुरुङ र थेबेलाई नोभेम्बर ५ का दिन अल्डरसटमा आयोजना गरिएको फोनिज युकेको साधारण सभामा वर्ष सम्मान तथा पुरस्कार प्रदान गरिने छ ।
सम्मानित तथा पुरस्कृत व्यक्तित्व छनौटका लागि फोनिज युकेले पूर्व अध्यक्षहरु पूर्ण गुरुङ, विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई रहेको छनौट समिति बनाएको थियो ।
गुरुङ बेलायतबाट एक दशकभन्दा लामो समय प्रकाशन भई हाल अनलाइनमा प्रकाशन भइरहेको एभरेष्ट टाइम्स साप्ताहिकका संस्थापक सम्पादक हुन् । फोनिज युकेको स्थापनामा गुरुङको महत्वपूर्ण योगदान छ ।
थेबे लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष तथा नेपालीसमाचार डटकमका अतिथि सम्पादक हुन् ।
फोनिज युकेले नेपालमा हरेक वर्ष दुई जना आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्दै आएकोमा यस वर्षदेखि बेलायतमा पनि पुरस्कार दिन थालेको हो ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने