
लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदमा नियुक्त भएको ४५ दिनमै राजिनामा दिएकी छिन् ।
बिहीबार प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्दै उनले आफ्नो राजिनामा घोषणा गरेकी हुन् ।
उनले आफूले सत्तारुढ कंजरभेटिभ पार्टीको नेता बन्नका लागि पाएको म्याण्डेट पूरा गर्ने अवस्था नभएकाले राजिनामा दिनु परेको उनले बताएकी छिन् ।
कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि भएको प्रतिस्पर्धामा उनले आर्थिक वृद्धिका लागि मुलुकलाई अग्रसर बनाउने बताएकी थिइन् । सोअनुसार करको दायरा घटाएको, उर्जाको चरम मूल्यबाट सर्वसाधारणलाई सहुलियत दिएको उनले बताएकी छिन्।
जटिल परिस्थितिका कारण आफ्ना प्रतिवद्धता पूरा गर्ने अवस्था नभएकाले आजै राजा चार्ल्स तृतीयसित कुरा गरी राजिनामा दिएको उनले बताएकी छिन् ।
उनले नयाँ नेता चयन नहुन्जेलका लागि आफू प्रधानमन्त्री रहने बताएकी छिन् ।
सेप्टेम्बरको पहिलो साता बेलायती प्रधानमन्त्रीमा नियुक्त भएकी बेलायतकी तेस्रो महिला प्रधानमन्त्री ट्रसले नियुक्तिको दोस्रो दिनमै बेलायती महारानीको मृत्यु सामना गर्नुपरेको थियो भने देश शोकबाट मुक्त हुनासाथ उनको नेतृत्वको सरकारले ल्याएको आर्थिक नीतिका कारण बजार अस्तब्यस्त बनेको थियो ।
बुधबारसम्म आफू मैदान छाडेर हिँड्ने होइन चुनौती सामना गर्ने व्यक्ति भएको संसदमा बताउँदै आएकी ट्रसले अचानक पदबाट राजिनामा दिएकी छिन् ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी