
लण्डन । आर्थिक वृद्धिको नारा लिएर आएकी बेलायती प्रधानमन्त्री लिज ट्रसले आफ्नो पहिलो आर्थिक नीतिका महत्वपूर्ण बुँदाहरु नै फिर्ता लिएकी छिन् ।
ट्रिकल डाउन आर्थिक ढाँचा अपनाएकी प्रधानमन्त्री ट्रस र अर्थ मन्त्री क्वाजी क्वाटेङले व्यापारिक प्रतिष्ठान र धेरै तलव हुनेहरुमाथि पूर्ववर्ती सरकारले तय गरेको करको दर घटाएको थियो । अतिविकसित सात राष्ट्रहरुमै बेलायतमा करको दर धेरै भएको भन्दै उनीहरुले आर्थिक वृद्धिका लागि कर घटाउने अपरिहार्य भएको दलिल पेश गर्दै आएका थिए । तर सरकारमा आरोहण भएको ३९ दिनमै मुख्य आर्थिक नीतिलाई छाडेर पुरानै सरकारको आर्थिक नीति पालना गर्न मात्र होइन अर्थमन्त्रीलाई नै हटाउन लिज ट्रस बाध्य भएकी छिन् ।
उनले शुक्रबार आफ्नो लामो समयदेखिको सहकर्मी अर्थ मन्त्री क्वाजी क्वाटेङलाई मात्र हटाइनन् । क्वाटेङले हटाएको कर्पोरेसन कर २५ प्रतिशतबाट १९ प्रतिशतमा झार्ने सरकारको नीति पनि रद्द गरेकी छिन् । यसले सरकारलाई १८ बिलियन पाउण्ड प्राप्त हुने उनले बताएकी छिन् ।
सरकारले यसअघि अक्टोबर ३ मा नै धेरै तलव हुनेहरुका लागि घटाइएको आयकरको दर पनि रद्द गरिसकेको छ ।
तर नीतिहरुको त्याग र अर्थमन्त्रीको फेरबदलीले मात्र लिजको सत्ता बचाउन सक्छ कि सक्दैन हेर्न बाँकी नै छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा