
लण्डन । बेलायतमा गत महिना नयाँ प्रधानमन्त्री चयन भएपछि गठित सरकारका मन्त्रीहरुले नयाँ सरकारको नीतिका बारेमा आफ्नो कार्यक्षेत्रमा जानकारी गराउने क्रममा दक्षिण एसियासमेत हेर्ने विदेश राज्यमन्त्रीले आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासित टेलिफोन वार्ता गरेका छन् ।
बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदले आज बिहान प्रधानमन्त्री देउवासित टेलिफोन कुराकानी भएको र दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा कुराकानी भएको जनाएका छन् । उनले द्विपक्षीय चासोका विषयमा पनि कुराकानी भएको बताएका छन् ।
नेपाल र बेलायतबीच दुई दशकभन्दा लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहिआएको छ । तर गोरखा भूतपूर्व सैनिकका समस्या पनि लामो समयदेखि थाँती नै रहेको छ । वार्तामा गोरखाहरुका बारेमा हुने भनिएको द्विपक्षीय वार्ता शुरु हुन नसकेको बारेमा भने कुरा भए नभएको केही बताइएको छैन ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा