
लण्डन । बेलायतमा ब्याजदर करिब डेढ दशकयताकै उच्च दरमा पुगेको छ ।
बैँक अफ इङ्गल्याण्डले बिहीबार सातौँपटक ब्याजदर वृद्धि गर्दै आधारभूत दर २.२५ प्रतिशतमा पुर्याएको छ । यसअघि सो दर १.७५ प्रतिशत रहेको थियो ।
बेलायतका अधिकांश बैँक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैँकले तोकेको आधारभूत ब्याजदरभन्दा उच्च दरमा मात्र लगानी गरिरहेका छन् ।
सन् २००८ को विश्वव्यापी वित्तीय संकटका समयमा पनि ब्याजदर यो तहमा उक्लिएको थिएन ।
ब्याज दरको निर्णय लिन बिहीबार बसेको बैठकमा मौद्रिक नीति समितिका पाँच सदस्यमध्ये चार जनाले नयाँ ब्याजदरका पक्षमा मत जाहेर गरेका थिए ।
बैँक अफ इङ्गल्याण्डले बेलायत आर्थिक मन्दीमा गइसकेको आशंका गरेको छ । उसले जुलाईदेखि सेप्टेम्बरसम्ममा बेलायतको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) शुन्य दशमलव १ प्रतिशतले खुम्चिएको आँकलन गरेको छ ।
बैँकले मुद्रास्फिति अक्टोबर महिनामा ११ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ । तर पूर्वानुमान गरिएजस्तो मुद्रास्फिति २० प्रतिशत भने नपुग्ने बताइएको छ । केही महिना १० प्रतिशतको हाराहारीमा रहेर मुद्रास्फिति ओरालो लाग्नेछ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश