
लण्डन । बेलायतमा ब्याजदर करिब डेढ दशकयताकै उच्च दरमा पुगेको छ ।
बैँक अफ इङ्गल्याण्डले बिहीबार सातौँपटक ब्याजदर वृद्धि गर्दै आधारभूत दर २.२५ प्रतिशतमा पुर्याएको छ । यसअघि सो दर १.७५ प्रतिशत रहेको थियो ।
बेलायतका अधिकांश बैँक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैँकले तोकेको आधारभूत ब्याजदरभन्दा उच्च दरमा मात्र लगानी गरिरहेका छन् ।
सन् २००८ को विश्वव्यापी वित्तीय संकटका समयमा पनि ब्याजदर यो तहमा उक्लिएको थिएन ।
ब्याज दरको निर्णय लिन बिहीबार बसेको बैठकमा मौद्रिक नीति समितिका पाँच सदस्यमध्ये चार जनाले नयाँ ब्याजदरका पक्षमा मत जाहेर गरेका थिए ।
बैँक अफ इङ्गल्याण्डले बेलायत आर्थिक मन्दीमा गइसकेको आशंका गरेको छ । उसले जुलाईदेखि सेप्टेम्बरसम्ममा बेलायतको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) शुन्य दशमलव १ प्रतिशतले खुम्चिएको आँकलन गरेको छ ।
बैँकले मुद्रास्फिति अक्टोबर महिनामा ११ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ । तर पूर्वानुमान गरिएजस्तो मुद्रास्फिति २० प्रतिशत भने नपुग्ने बताइएको छ । केही महिना १० प्रतिशतको हाराहारीमा रहेर मुद्रास्फिति ओरालो लाग्नेछ ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ